समाचार

  • उभौली साकेला विधिवतरुपमा सम्पन्न

    उभौली साकेला विधिवतरुपमा सम्पन्न काठमाडौं । वैशाखे पूर्णिमाको दिनदेखि शुरु भएको किरात राई जातिको महत्वपूर्ण चाड उभौली साकेला विधिवतरुपमा समापन भएको छ । पूर्वी नेपाल लगायत देशभर रहेका कितार धर्मावलम्वीले मनाउने उभौली साकेला शनिबारबाट समापन गरिएको हो । बर्षेनी वैशाखे पूर्णिमाको दिन भूमि पूजा गरेर जिल्ला व्यापीरुपमा साकेला नाच्न शुरु गर्ने पूर्वका किरातहरुले औंशीको दिन भव्यरुपमा प्रर्दशनी गरेर समापन गर्छन् ।

    Read More

  • नदीमा डुबेर दुई बालकको ज्यान गयो

    दाङ । नुहाउने क्रममा राप्ती नदीमा डुबेर दाङमा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–११ का १२ वर्षीय असरफ सिद्दीकी र सोही ठाउँका १२ वर्षीय बब्लु सिद्दीकी रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । उनीहरु नुहाउनका लागि लमही नगरपालिका–९ बलरामपुरस्थित राप्ती नदीमा पुगेका र नुहाउँदै गर्दा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    Read More

  • मानव बेचबिखनको आरोपमा एक पक्राउ

    मानव बेचबिखनको आरोपमा एक पक्राउ लुम्बिनी । बालबालिकालाई ललाई फकाई, विभिन्न प्रलोभन देखाएर भारत लैजादै गरेका अवस्थामा प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ । १६ वर्ष मुनिका बालबालिकालाई विभिन्न प्रलोभनमा पारी भारत लैजाँदै गरेको अवस्थामा भैरहवामा प्रहरीले गोर्खा जिल्ला मनकामना–३ बस्ने ३८ वर्षीय दिलबहादुर विकलाई पक्राउ गरेको हो । उनले चितवन जिल्लाका ७ जना र गोरखा जिल्लाका दुई गरी नौ जना बालबालिका भारततर्फ लैजान लागेको अवस्थामा पक्राउ गरेको हो ।

    Read More

  • सिन्धुपाल्चोक केन्द्र काठमाडौं पनि हल्लियो...

    सिन्धुपाल्चोक केन्द्र काठमाडौं पनि हल्लियो... काठमाडौं । सिन्धुपाल्चोक केन्द्र गरी ४.४ रेक्टरको भूकम्पको परकम्प गएको छ । बिहान ५ः१० मा सिन्धुपाल्चोक केन्द्र भई सो परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । अघिल्लो वर्ष गएको गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका सो भूकम्पका ४६० वटा परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभएको छ ।

    Read More

  • रातो मच्छिन्द्रनाथ जात्राको रौनक जारी

    रातो मच्छिन्द्रनाथ जात्राको रौनक जारी काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मच्छिन्द्रनाथको जात्राले यतिबेला काठमाडौं उपत्यकाका नेवार समुदायमा रौनकता ल्याएको छ । नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित मच्छिन्द्रनाथको जात्रा करिब तीन साता अघिबाट शुरु भएको हो । जात्रा सकिन अझै केही समय लाग्नेछ । यो जात्रा काठमाडौ उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिब एक हजार ६ सय वर्ष अघि सुरु भएको मच्छिन्द्रनाथको रथ जात्रा बैशाख शुक्ल प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म (करिब दुई महिना) चल्ने गर्दछ ।

    Read More

  • निजामती कर्मचारी चुनावमा एमाले निकट पहिलो स्थानमा

    निजामती कर्मचारी चुनावमा एमाले निकट पहिलो स्थानमा काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन निर्वाचनमा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनले दुईतिहाइ स्थानमा जित हासिल गरेको छ । मन्त्रालय, विभाग र जिल्लास्तरीय कार्यसमिति गरी एक सय १७ स्थानमा भएको निर्वाचनमा एमालेनिकट कर्मचारी संगठन ८२ स्थानमा बिजयी भएर पहिलो भएको छ कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन (संघ) ले २५ स्थानमा जित हासिल गरेको छ । मधेसी दलनिकट मधेसी कर्मचारी मञ्च सात स्थानमा विजयी भएको छ ।भने माओवादी केन्द्रनिकट राष्ट्रिय

    Read More

  • सडक अवरुद्ध, यात्रुलाई सास्ती

    सडक अवरुद्ध, यात्रुलाई सास्ती चितवन, जेठ–२० । नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार चण्डीभञ्ज्याङ गाविस–६ कालिखोलास्थित सडकमा माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । बिहान ६ः१५ बजेदेखि अवरुद्ध भएको सडक पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । बुधबार साँझ ७ बजे पनि सो क्षेत्रमा पहिरो खसेपछि केहीबेर सडक अवरुद्ध भएको थियो ।

    Read More

  • निजामती कर्मचारी चुनाव, एमाले निकटको दबदबा

    निजामती कर्मचारी चुनाव, एमाले निकटको दबदबा काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन निर्वाचनमा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनले दुई तिहाइ स्थानमा जित हासिल गरेको छ । मन्त्रालय, विभाग र जिल्लास्तरीय कार्यसमिति गरी एक सय १७ स्थानमा भएको निर्वाचनमा संगठन ७० भन्दा बढी स्थानमा एमाले निकट संगठन पहिलो भएको हो । केन्द्रमा रहेका विभिन्न मन्त्रालय र विभाग गरी ४२ निकायमध्ये संगठनले २८ र ७५ जिल्लामध्ये ४५ जिल्लामा पहिलो स्थान ल्याएको छ ।

    Read More

  • मनिषा मृत्यु प्रकरणः अनुसन्धान थप जटिल बन्दै

    मनिषा मृत्यु प्रकरणः अनुसन्धान थप जटिल बन्दै नवलपरासी । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको १७ वर्षीया बहिनी मनिषाको मृत्यु प्रकरण थप रहस्यमय बन्दै गएको छ । मृत्युमा संलग्न रहेको आशङ्कामा पक्राउ परेका मनिषाका प्रेमी रुद्रनारायण चौधरी (आशिष)को पोलिग्राफ परीक्षण प्रतिवेदनबाट उनले नढाँटेको देखिएपछि मृत्युहको अनुसन्धान गर्न थप जटिल बनेको हो । जिल्ला प्रहरी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा घटनाको सूष्मरुपमा अनुसन्धान भइरहेको र हालसम्मको अनुसन्धानका क्रममा सो घटना हत्या हो वा होइन भन्नेबारे केही भन्न नसकिने अवस्था

    Read More

  • ट्रयाक्टर दुर्घटनामा ५ जनाको मृत्यु

    ट्रयाक्टर दुर्घटनामा ५ जनाको मृत्यु ओखलढुंगा । ओखलढुंगा जिल्लाको फुलबारी ५ सानडारीमा ट्रयाक्टर दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी आखलढुंगा फुलबारी ५ का १४ बर्षीय मनिस खड्का, बिलन्द–५ का १५ बर्षिय बिष्णु बराल, सोही स्थानका मिलन घिमिरे, अमिर घिमिरे र खोटाङको च्यास्मीनटार गाबिस–५ का ३५ बर्षीय हरि बहादुर राईको घटना स्थलमै मृत्यु भएको हो । ड्राईभरले खाजा खान ट्याक्टर रोकेका बेला सहचालकले ट्रयाक्टर कुदाएकाले दुर्घनामा परेको प्रहरीले जनाएको छ ।

    Read More