समाचार

अस्थायी शिक्षकलाई ‘गोल्डने हेन्डसेक’

काठमाडौं । व्यवस्थापिका संसदले शिक्षा ऐन आठौं संशोधन विधेयक सर्वसम्मतले पारित गरेको छ । संसदले शिक्ष ऐन २०२८ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो । विधेयक पारति भएसँगै अब एसएलसी परीक्षा हटेको छ भने बाल कक्षादेखि ८ कक्षासम्मलाई आधारभूत शिक्षा र ९ देखि १२ कक्षालाई माध्यामिक शिक्षा मानिएको छ । लामो समय अस्थायी काम गरेका शिक्षकले पनि आकर्षक सुविधासहितको बिदाइ वा प्रतिस्पर्धा रोज्न पाउने छन् ।

संशोधित ऐन कार्यान्वयनमा आएपछि अब सहकारी संस्थाले स्कूल चलाउन नपाउने भएका छन् । अस्थायी शिक्षकलाई ‘गोल्डेन हेन्डसेक’ लिएर अवकासमा जाने बाटो खुलेको छ । त्यसरी नजाने शिक्षकले स्थायीको प्रतिस्पर्धामा भाग लिन पाउने छन् । सरकारले ल्याएको संशोधन विधेयकमा सहकारी वा शैक्षिक गुठीबाट स्कूल सञ्चालन गर्न पाउने प्रस्ताव गरिएको थियो । तर, संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिले सहकारीले स्कूल खोल्न पाउने व्यवस्थालाई हटाइदिएको छ ।

एमाले सांसदहरुको विारोधका बाबजुत समितिले यो विधेयकलाई संसदमा पठाएको थियो र विधेयकलाई शनिबार संसदको बैठकले सर्वसम्मत पास गरेको छ ।

  • एसएलसी हट्यो फाइनल परीक्षा कक्षा १२ मा
  • कक्षा ८ सम्म आधारभूत र ९ देखि १२ सम्म माध्यामिक शिक्षा
  • उच्चमाध्यमिक शिक्षा बोर्डको सट्टा राष्ट्रिय परीक्ष बोर्ड
  • शिक्षकको पनि निजामती कर्मचारीजस्तै सरुवा
  • शिक्षकले सक्रिय राजनीति गर्न नपाउने