समाचार

नदीमा डुबेर दुई बालकको ज्यान गयो

दाङ । नुहाउने क्रममा राप्ती नदीमा डुबेर दाङमा दुई बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लमही नगरपालिका–११ का १२ वर्षीय असरफ सिद्दीकी र सोही ठाउँका १२ वर्षीय बब्लु सिद्दीकी रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

उनीहरु नुहाउनका लागि लमही नगरपालिका–९ बलरामपुरस्थित राप्ती नदीमा पुगेका र नुहाउँदै गर्दा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।