समाचार

निजामती कर्मचारी चुनावमा एमाले निकट पहिलो स्थानमा

काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन निर्वाचनमा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनले दुईतिहाइ स्थानमा जित हासिल गरेको छ । मन्त्रालय, विभाग र जिल्लास्तरीय कार्यसमिति गरी एक सय १७ स्थानमा भएको निर्वाचनमा एमालेनिकट कर्मचारी संगठन ८२ स्थानमा बिजयी भएर पहिलो भएको छ

कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन (संघ) ले २५ स्थानमा जित हासिल गरेको छ । मधेसी दलनिकट मधेसी कर्मचारी मञ्च सात स्थानमा विजयी भएको छ ।भने माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठनले २ स्थानमा जित हासिल गरेको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन ९सङ्घ०, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी सङ्गठनले निर्वाचनमा भाग लिएका थिए ।

निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभागमा १२९ मतदान केन्द्रको व्यवस्था गरिएको थियो । कार्यालय प्रमुख नरहेका शाखा अधिकृत र सोभन्दा तल्लो तहका ५५ हजार ३२९ निजामती कर्मचारीले मतदान भाग लिएका थिए ।

दलैपिच्छे टेड युनियन भएपछि अधिकारी ट्रेड युनियन बनाउन सरकारले नै अग्रसर लिएर निर्वाचन गराएको थियो ।

जिल्ला तथा विभागमा पहिलो मत ल्याउनेलाई अध्यक्ष र कोषाध्यक्ष, दोस्रो मत ल्याउनेलाई उपाध्यक्ष, तेस्रो मत ल्याउनेलाई सचिव र चौथो मत ल्याउनेलाई सहसचिव हुने छन ।