समाचार

मानव बेचबिखनको आरोपमा एक पक्राउ

लुम्बिनी । बालबालिकालाई ललाई फकाई, विभिन्न प्रलोभन देखाएर भारत लैजादै गरेका अवस्थामा प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ ।
१६ वर्ष मुनिका बालबालिकालाई विभिन्न प्रलोभनमा पारी भारत लैजाँदै गरेको अवस्थामा भैरहवामा प्रहरीले  गोर्खा जिल्ला मनकामना–३ बस्ने ३८ वर्षीय दिलबहादुर विकलाई पक्राउ गरेको हो ।
उनले चितवन जिल्लाका ७ जना र गोरखा जिल्लाका दुई गरी नौ जना बालबालिका भारततर्फ लैजान लागेको अवस्थामा पक्राउ गरेको हो ।
भारतमा रोजगारी गर्दै आइरहेका उनले बालबालिकालाई भारतमा जागिरको प्रलोभन देखाएर भारत लैजान लागेको अवस्थामा नियन्त्रणमा लिएको छ । पक्राउ परेका विकको विषयमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

प्रहरीले घटनामा संलग्न विकलाई बालबालिकालाई बेचबिखन गर्नका लागि भारत लैजान लागेको आशङ्कामा नियन्त्रणमा लिएको र विकलाई मानव बेचबिखन बिरुद्धको मुद्दा चलाइएको जानकारी दिए ।

विकलाई नियन्त्रणमा लिएपछि उनीसँग रहेका ९ जना बालबालिकालाई भने आफन्तको जिम्मा लगाइएको छ ।