समाचार

मनिषा मृत्यु प्रकरणः अनुसन्धान थप जटिल बन्दै

नवलपरासी ।  राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको १७ वर्षीया बहिनी मनिषाको मृत्यु प्रकरण थप रहस्यमय बन्दै गएको  छ ।

मृत्युमा संलग्न रहेको आशङ्कामा पक्राउ परेका मनिषाका प्रेमी रुद्रनारायण चौधरी (आशिष)को पोलिग्राफ परीक्षण प्रतिवेदनबाट उनले नढाँटेको देखिएपछि मृत्युहको अनुसन्धान गर्न थप जटिल बनेको हो ।

जिल्ला प्रहरी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा घटनाको सूष्मरुपमा अनुसन्धान भइरहेको र हालसम्मको अनुसन्धानका क्रममा सो घटना हत्या हो वा होइन भन्नेबारे केही भन्न नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा आशिषको पोलिग्राफ परीक्षण प्रतिवेदनअनुसार आशिषले मनिषाको हत्या नगरेको देखिएको पोलिग्राफ परीक्षणमा संलग्न क्षेत्रीय प्रहरी कार्यालयका पोखराका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले बताए ।
यता जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालले मनिषाको शवको परीक्षण गरेको प्रतिवेदनअनुसार मनिषाको मृत्युको मुख्य करण घाटीमा दबाब परेको भएको प्रतिवेदनमा उल्लेख छ ।

नवलपरासीमा मृकका आफन्त र स्थानीयबासील दोषीलाई कारबाहीको माग राख्दै आन्दोलन गरेका छन् । प्रहरीले अहिलेसम्मको प्रारम्भिक अनुसन्धानका क्रममा आशिषले मनिषाको सिधै हत्या नगरेको भए पनि आशिषकै कारण मनिषाको मृत्युको कारण रहेको प्रारम्भिक अनुमान गरेको छ ।

मनिषा नवलपरासीको बर्दघाट–८ पञ्चनगर भानुनगर गाउँस्थित आफ्नै घरमा गत बिहीबार बिहान मृत अवस्थामा फेला परेकी थिइन् ।