समाचार

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन । चितवनको नारायणगढ– मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । गएराति परेको पानीसँगै पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको हो ।

उक्त खण्डअन्तर्गत चण्डिभन्ज्याङ–५ स्थित पाँच किलोमा पहिरो खसेर सडक बन्द भएको प्रहरीले जनाएको छ ।

गए राति २ बजे पहिरो खसेर अवरुद्ध भएको सडक ४ः३० बजे खुलाइएकामा बिहान ६ः४० मिनेटमा पुनः पहिरो खसेर बन्द हुन पुगेको बताइएको छ ।

प्रहरीका अनुसार राति पहिरो खसेका बेला जनकपुरबाट काठमाडौँ जाँदै गरेको ना५ख ३८६२ नम्बरको बसलाई पहिराबाट निकालिएको थियो ।

सडक खुलाउन डोजरको सहायतामा प्रहरी परिचालन गरिएको जनाइएको छ । नारायणगढ मुग्लिन सडक अहिले विस्तारका क्रममा रहेकाले सामान्य पानी पर्दा पनि विभिन्न क्षेत्रमा पहिरो गएर अवरुद्ध हुने गरेको छ ।