समाचार

मोटरसाइकल दुर्घटनामा ४ जनाको मृत्यु

सिरहा । सिरहाको लहानमा गएराति मोटरसाइकल दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लाहनमा तीन वटा मोटरसाईकल एक आसपमा ठोक्किदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा लाहनका ४५ वर्षीय नुजा सदाई, गोलबजार नगरपालिका–६ का ३५ वर्षीय रामआषिश पासवान, गोलबजार नगरपालिका–६ कै १८ वर्षीय विषे सिंह र सप्तरी ब्रह्मपुर– ३ का ५५ वर्षीय लक्ष्मण राम मृत्यु भएको हो । दुर्घटनामा सिरहा वल्कावा–४ का २५ वर्षीय सगैस गोसामी गम्भीर घाइते भएका छन् । उनेको थप उपचारका लागि विराटनगर लगिएको छ । स.३ प १६० नम्बरको मोटरसाइसलले स.३ प ९२०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिए दुर्घटना भएको अवस्थामै अर्को स. १ प ६७ नम्बरको मोटरसाइकल आएर ठोक्किएको थियो ।