समाचार

तिब्बतको झड्का काठमाडौंमा

काठमाडौं । आइतबार विहान काठमाडौंमा भूकम्पको झड्का महशुस भएको छ । तिब्बतलाई केन्द्र बनाएर गएको भूकम्पको धक्का काठमाडौंमा पनि महशुस भएको हो ।

आइतबार बिहान सात बजेर ३३ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का  महशुस भएको थियो । भूकम्प ५.६ रेक्टर स्केलको मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

आजै बिहान तिब्बतलाई नै केन्द्र बनाएर ५.२ रेक्टर स्केलको भूकम्प पनि गएको थियो । भूकम्प बिहान सात बजेर १७ मिनेट जाँदा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।