समाचार

अमेरिकी भिसा आवेदनमा लचकता

काठमाडौं । सयुक्त राज्य अमेरिकाले आफ्नो देशमा आउन चाहने विद्यार्थी तथा पर्यटकको लागि भिसा आवेदनमा लचकता अपनाएको छ । नेपालका लागि अमेरीकी दुतावासले विज्ञप्ती जारी गर्दै यहि जेठ १९ गतेदेखि लागु हुनेगरी पर्यटक र विद्यार्थी भिसाका लागि निवेदन दिँदा बैंक स्टेटमेन्ट र घरजग्गाको लालपूर्जा आवस्यक नपर्ने जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ– ‘सम्भावित छलकपटबाट जोगाउन र पैसा र समय बचत गर्न, कागजी प्रक्रिया घटाउनका लागि  निमन्त्रणा पत्र वा त्यस्तै अन्य कागजपत्रसमेत ल्याउनु पर्दैन । यस्ता प्रकारका कागजातहरु ल्याए दूतावासको सुरक्षा इकाइको हातमा छाड्न लगाइने छ ।’
दूतावासले जेठ १९ गते लागू हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले आफ्नो साथमा     राहदानी, डिएस–१६० कन्फर्मेशन पेज, विद्यार्थी भिसा आवेदकका लागि आई– २० र ट्रान्स्क्रिप्ट, अनि आवेदन शुल्क भुक्तानी रसिद राख्नुपर्नेछ ।

अमेरिकी दूतावासले अन्तर्वार्तामा ल्याइएका सम्पूर्ण शैक्षिक ट्रान्स्क्रिप्टहरूको प्रमाणीकरण गर्ने बताएको छ ।  
अमेरिकी दूतावासमा आवेदकहरूले हालैका महिनामा कन्सलटेन्सीहरूलाई अन्तर्वार्ताका लागि कागजपत्र तयार पार्न वा प्राप्त गर्न नगद रकम तिरेको र पछि त्यस्ता कागजपत्रहरू कन्सुलर अधिकृतहरूले नखोज्ने कुरा थाहा पाएको गुनासो गरेको बताएको छ ।
कन्सलटेन्सीहरूले भिसा दिलाइदिने वाचासहित आवेदकहरूबाट उनीहरूको पहिचानसम्बन्धी लगायत गोप्य सूचनाको चोरीमा प्रयोग हुनसक्ने कागजपत्र समेत लिने गरेको जानकारी दूतावासले प्राप्त गरेकोले यस्तो व्यवस्था गरिएको विज्ञप्तीम उल्लेख गरिएको छ ।