खेलकुद

  • फुटबलमा फड्को मार्दै नेपाल

    फुटबलमा फड्को मार्दै नेपाल काठमाडौं– एक वर्षमा लगातार तीन वटा अन्तर्राष्ट्रिय कप जित्न सफल नेपाली फुटबल टोलीले अहिले निकै नै राम्रो प्रदर्शन गरिरहेको छ । हालै मलेसियामा सम्पन्न एएफसी सोलीडारिटी कप जितेको हप्ता दिन वित्न नपाउँदै नेपालमै भएको जापानसँगैको मैत्रीपूर्ण फुटबलमा पनि जित हासिल गरेको छ ।

    Read More

  • सोलिडारिटी कप विजेता टोलीलाई विमानस्थलमा भव्य स्वागत

    सोलिडारिटी कप विजेता टोलीलाई विमानस्थलमा भव्य स्वागत काठमाडौं– मलेसियामा सम्पन्न सोलिडारिटी कपको उपाधि विजेता नेपाली टोली बुधबार राति स्वदेश फर्किएको छ । स्वदेश फर्किएको राष्ट्रिय फुटबल टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो । राति पौने १० बजे फर्किएको नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई सयौंको संख्यामा उपस्थित समर्थकले स्वागत गरे ।

    Read More

  • नेपालले इतिहास रच्यो, विजेता खेलाडीलाई जनही ३ लाख दिने

    नेपालले इतिहास रच्यो, विजेता खेलाडीलाई जनही ३ लाख दिने काठमडौं– एएफसी सोलिडारिटी कपको उपाधि जित्दै नेपालले इतिहास रचेको छ। नेपाली फुटबल इतिहासमा यो ठूलो उपलब्धी हो। मलेसियामा मंगलबार सम्पन्न फाइनल खेलमा मकाउलाई १ – ० ले पाखा लगाउँदै नेपालले सोलिडारिटी कपको उपाधि चुमेको हो।

    Read More

  • फुटबलमा नेपालको ऐतिहासिक सफलता

    फुटबलमा नेपालको ऐतिहासिक सफलता काठमाडौं– पछिल्लो समयमा नेपाली फुटबलले निकै चर्चा पाइरहेको छ । मलेसियामा जारी सोलिडारिटी कपमा पाएको सफलताले नै नेपाली फुटबलको चर्चा चुलिएको हो । बर्ष २०१६ मा एक खेल पनि नहारेको नेपाल एएफ्सी सोलिडारिटी कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

    Read More

  • युएस कप क्रिकेटको उपाधि नेपालले जित्यो

    युएस कप क्रिकेटको उपाधि नेपालले जित्यो न्यूयोर्क– अमेरिकाको टेक्सासमा भएको टु एक्स क्रिकेट युएसए कपको उपाधि नेपाली राइनोजले जितेको छ । फाइनलमा हस्टन स्पार्कलाई ५४ रनले पराजित गर्दै नेपालले उपाधि कब्जा गरेको हो । टेक्सासको मोसा रंगशालमा भएको खेलमा नेपाली राष्ट्रिय टिमका खेलाडीसहितको

    Read More

  • ब्रुनाईलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

    ब्रुनाईलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश काठमाडौं– एएफसी सोलिडारिटी कप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले शानदार जित हात पारेको छ । ब्रुनाईविरुद्धको खेलमा नेपाल ३–० गोल अन्तरले विजयी भएको हो । मंगलबार खेलमा जित हासिल गरेसँगै नेपाल समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

    Read More

  • सोलिडारिटी कपः नेपालले ब्रुनाइको सामना गर्दै

    सोलिडारिटी कपः नेपालले ब्रुनाइको सामना गर्दै  काठमाडौं– मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले मंगलबार ब्रुनाइसँग खेल्नेछ । नेपाल र ब्रुनाइबिचको खेल मलेसियाको सारावाकमा रहेको रंगशालमा नेपाली समय अनुसार बेलुका सवा पाँच बजे सुरु हुनेछ ।

    Read More

  • सोलिडारिटी कपः नेपाल लिस्टेसँग बराबरी

    सोलिडारिटी कपः नेपाल लिस्टेसँग बराबरी काठमाडौं– मलेसियामा जारी एएफसी सोलिडारिटी कपको आफ्नो पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग बराबरी खेलेको छ । मलेसियाको कुचिङमा रहेको निगेरी रंगशालमा भएको खेलमा राम्रा अवसर मिलेपनि गोल भने हुन सकेन ।

    Read More

  • मीरा राई एड्भेन्चर्स अफ द इयर अवार्डको मनोनयनमा

    मीरा राई एड्भेन्चर्स अफ द इयर अवार्डको मनोनयनमा काठमाडौं– अल्ट्रा धाविका मीरा राई १२औं एड्भेन्चर्स अफ द इयर अवार्डको मनोनयनमा परेकी छन्। नेशनल जियोग्राफी च्यानलले हरेक बर्ष बितरण गर्ने एड्भेन्चर्स अफ द इयर अवार्डको मनोनयनमा विश्वभरका साहसी खेलसँग आवद्धहरुमध्ये १० जना मध्ये नेपालकी राई पनि परेकी हुन्।

    Read More

  • संरक्षक र मायांकाले बाजी मारे

    संरक्षक र मायांकाले बाजी मारे काठमाडौं– संरक्षकभूषण वज्राचार्य र मायांका राणा प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको सिंगल्समा च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार ३ घण्टा १५ मिनेट चलेको पुरुष सिंगल्स फाइनलमा संरक्षकले पूर्व नेपाल नम्बर वान कमल भण्डारीलाई ४–६, ७–५ र ६–४ को सेटमा पराजित गरे । सन्तोष खत्री र नवीन पुन तेश्रो भए ।

    Read More