खेलकुद

सोलिडारिटी कपः नेपालले ब्रुनाइको सामना गर्दै

काठमाडौं– मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले मंगलबार ब्रुनाइसँग खेल्नेछ । 

नेपाल र ब्रुनाइबिचको खेल मलेसियाको सारावाकमा रहेको रंगशालमा नेपाली समय अनुसार बेलुका सवा पाँच बजे सुरु हुनेछ । यो खेलले सेमिफाइनलमा पुग्ने टिमको टुंगो लगाउने छ । पहिलो खेलमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको नेपाल यो खेलमा ४–० भन्दा कम गोलअन्तरमा हारे पनि सेमिफाइनलमा पुग्ने छ । 

 ब्रुनाइले पहिलो खेलमा टिमोर लिस्टेलाई ४–० ले हराएको थियो ।नेपाली टिमका मुख्य प्रशिक्षक ग्योटुकु कोजीले टिमोर लिस्टेले पहिलो खेलमा गोलरहित बराबरी खेले पनि ब्रुनाइसँगको खेलका लागि आफूहरु तयार रहेको बताएका छन् । सात देश सहभागि प्रतियोगितामा नेपाल, टिमोर लिस्टे र ब्रुनाइ समूह एमा छन् । यस्तै समूह बीमा श्रीलंका, मकाउ, मंगोलिया र लाओस छन् ।

२३ कार्तिक २०७३ ।