खेलकुद

फुटबलमा नेपालको ऐतिहासिक सफलता

काठमाडौं– पछिल्लो समयमा नेपाली फुटबलले निकै चर्चा पाइरहेको छ । मलेसियामा जारी सोलिडारिटी कपमा पाएको सफलताले नै नेपाली फुटबलको चर्चा चुलिएको हो ।  बर्ष २०१६ मा एक खेल पनि नहारेको नेपाल एएफ्सी सोलिडारिटी कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 
शनिबार नेपालले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा लाओसलाई पराजित गर्दै फाइनलमा प्रवेश ग¥यो । नेपाल फाइनलमा प्रवेश मात्रै गरेन इतिहास पनि रच्न सफल भयो । एसियाली फुटबल महासंघले आयोजना गर्ने कुनै पनि प्रतियोगिताको फाइनलमा नेपाल प्रवेश गर्न अहिलेसम्म सकेको थिएन । 
सोलिडारिटी कपको पहिलो खेलमा पूर्बी टिमोरविरुद्ध नेपालको खेल विर्सन लायक रहेको थियो । पहिलो खेलमा बराबरी खेलेको नेपालले दोस्रो खेलमा भने ब्रुनाई विरुद्ध शान्दार जितका साथ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । खेल विश्लेषकहरू नेपालको इतिहासमै राम्रो टोली भएकाले राम्राे नतिजा आएको विश्लेषण गर्छन । 
मंगलबार नेपालले उपाधिका लागि फाइनलमा मकाउसंग प्रतिस्पर्धा गर्दै छ । उपाधि नजिक रहेको नेपाल मकाउ भन्दा बलियो टोली रहेको फुटवल प्रशिक्षक उपेन्द्रमान सिंहको ठम्याई छ । एएफसीले पहिलो पटक आयोजना गरेको सोलिडारिटी कपको उपाधि जित्ने दाउमा नेपाल रहेको छ । प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनलमा ब्रुनाइलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै मकाउले नेपालसँगको भेट पक्का गरेको हो । 
फाइनल खेल मंगलरबार साँझ ५स् १५ बजे हुनेछ । मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा भएको खेलमा नेपालले आफूभन्दा माथिल्लो बरियताको लाओसलाई ट्राइबेकरमा ३–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । 
२९ कार्तिक २०७३ ।