खेलकुद

फुटबलमा फड्को मार्दै नेपाल

काठमाडौं– एक वर्षमा लगातार तीन वटा अन्तर्राष्ट्रिय कप जित्न सफल नेपाली फुटबल टोलीले अहिले निकै नै राम्रो प्रदर्शन गरिरहेको छ । हालै मलेसियामा सम्पन्न एएफसी सोलीडारिटी कप जितेको हप्ता दिन वित्न नपाउँदै नेपालमै भएको जापानसँगैको मैत्रीपूर्ण फुटबलमा पनि जित हासिल गरेको छ । 

नेपालले विगतमा फुटबलमा नराम्रो प्रदर्शन गर्नुका पछाडि विविध कारण भए पनि पछिल्लो समय नेपाल फुटबलमा लयमा रहेको पछिल्ला खेलहरुले पुष्टि गरेको छ । शनिबार एन्फा कम्पलेक्स सातदोबाटोमा भएको खेलमा नेपाल जापानसँग १–० गोल अन्तरले विजयी भयो । नेपालको जितका लागि नवयुग श्रेष्ठ हिरो बने । उनले गरेको गोल नै निर्णायक बन्यो । विश्वप खेलिसकेको जापनका खेलाडी सहभागी टोलीलाई नेपालले हराउनु चानचुने विषय पनि होइन । तर पनि नेपालको खेल निकै नै उत्कृष्ट बन्दै गएको छ । यही लयमा खेल्ने हो भने नेपालले निकट भविष्यमै ठूलै फड्को मार्ने निश्चित । 

पछिल्लो समयमा नेपाली फुटबलले निकै चर्चा पाइरहेको छ । मलेसियामा जारी सोलिडारिटी कपमा पाएको सफलताले नै नेपाली फुटबलको चर्चा चुलिएको हो ।  बर्ष २०१६ मा नेपालले बंगबन्धु, साग र सोलिडारिटी कप जितेको हो । नेपालले यी तीन वटा अन्तर्राष्ट्रि अवार्ड प्राप्त गर्नु नेपाललका लागि ऐतिहासिक उपलब्धि पनि हो ।