खेलकुद

ब्रुनाईलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं– एएफसी सोलिडारिटी कप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले शानदार जित हात पारेको छ ।  ब्रुनाईविरुद्धको खेलमा नेपाल ३–० गोल अन्तरले विजयी भएको हो । मंगलबार खेलमा जित हासिल गरेसँगै नेपाल समूह विजेता बन्दै  नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । जितसँगै नेपालले ब्रुनाइसँग सन् २००६ मा बेहोरेको हारको बदलासमेत लिएको छ । नेपाल र ब्रुनाई यस अघि एएफसी च्यालेन्ज कप २००६ अन्तर्गत समूह चरणमा एक खेल खेलेका थिए । उक्त खेलमा ब्रुनाइले नेपाललाई २–१ ले पराजित गरेको थियो ।

मंगलबार भएको नेपाल र ब्रनाईबीचको खेल मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा नेपाली समयअनुसार सवा ५ बजेबाट भएको थियो । खेलको पहिलो हापमा अन्तिम समयमा नेपालका लागि नवयुग श्रेष्ठले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाए । निकै नै रोमाञ्चक बनेको खेलमा नेपालका लागि भरत खवासले दोस्रो गोल गर्दै खेल २–० को स्थितिमा पु¥याए । नेपालले निकै नै राम्रो प्रदर्शन गरिरहेका बेला ब्रुनाईका खेलाडीले विमल घर्तीमगरलाई गोलपोस्ट नजिकै लडाएपछि नेपालले पेनाल्टी प्राप्त ग¥यो । उक्त पेनाल्टीमा विमलले नेपालका लागि तस्रो गोल गरे । ब्रुनाइका खेलाडीले निकै नै अवसर प्राप्त गरे पनि गोल गर्न सकेनन् अन्ततः नेपाल ३–० ले विजयी भयो ।
सोलिडारिटी कपको उपाधि जित्ने लक्ष्यका साथ मलेसिया पुगेको नेपाललाई ब्रुनाइसँगको समूहको दोस्रो खेलमा त्यति धेरै दबाब भने थिएन । मंगलबार भएको खेलमा खेलमा नेपाल ब्रुनाईसँग बराबरी वा तीन गोलको अन्तरमा पराजित भएको भए पनि सेमिफाइनलमा पुग्ने अवस्था थियो । किनकी पहिलो खेलमा ब्रुनाईले टिमोर लिस्टेलाई ४–० ले पराजित गरेको थियो । तर, सेमिफाइनलमा नजर लगाएको नेपाल ब्रुनाईइसँग निकै नै सर्तक भने बनेको थियो । नेपाली मुख्य प्रशिक्षक गोटुकु कोजीले खेल भएको सारावाक रंगशालामा ब्रुनाई परिचित रहेकोले उसका लागि घरेलु मैदान जस्तै रहेकोले नेपाल सतर्क रहन सचेत गराएका थिए । सोही अनुरुप नेपाली खेलाडीले पनि आफ्नो प्रदर्शन निकै नै राम्रो देखाए । नेपालले पहिलो खेलमा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको थियो ।
लिग कम नकाउटका आधारमा जारी प्रतियोगितामा सात टोलीको सहभागिता रहेको छ । दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा समूहको बिजेता र उपबिजेताले सेमिफाइनलमा स्थान बनाउने छन् । एएफसी च्यालेन्ज कप आयोजना हुन छोडेपछि एएफसीले त्यसको विकल्पको रुपमा एएफसी सोलिडारिटी कप आयोजना गरेको हो ।