काठमाडौं–सिड्नी प्रिमियर क्रिकेटमा खेल्न पुगेका नेपाली खेलाडी सन्दिप लामिछानेले आफ्नो पहिलो खेलमै विकेट लिन सफल भएका छन्। शनिबार वेस्टर्न सबअर्ब्स क्लब र मोसमन क्लबबीच भएको खेलमा सन्दिपले उक्त विकेट लिएका हुन्।
काठमाडौं– युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले दशरथ रङ्गशालाको सरसफाइ गर्न निर्देशन दिएसँगै कुरुप बनेको रंगशालाको रुप बदलिने भएको छ । शुक्रबार खेलकुदमन्त्रीसहित विभिन्न विधाका खेलाडीहरुको उपस्थितमा रंगशालाको सरसफाइ गरिएको हो ।
काठमाडौं– ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत आइतबार विहान भएको पुरुष फुटबलमा आयोजक ब्राजिलले विश्व विजेता जर्मनीलाई पाखा लगाउँदै स्वर्णको स्वाद चाख्न सफल भएको छ । ब्राजिललाई स्वर्ण जिताउनुमा कप्तान नेइमारले ऐतिहासिक सफलता दिलाएका छन्। ओलम्पिक फुटबलमा अहिलेसम्म स्वर्ण जित्न नसकेको ब्राजिलले पहिलो पटक स्वर्ण जितेको हो ।
काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नेदरल्यान्ड्स गएको नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्किएको छ । नेपालले नेदरल्यान्ड्समा घरेलु टोलीसँग जारी लिगको चौथो चरणअन्तर्गत दुई खेल खेलेको थियो जसमा एक जित र एक हार व्यहोरेको थियो ।
काठमाडौ– आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १९ रनले पराजित गरेको छ । नेदरल्यान्डको आमस्ट्रडममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारि ५० ओभरमा नौ विकेट गुमाउँदै २१७ रनको योगफल तयार गरेको थियो ।
काठमाडौं– ब्राजिलमा जारी रियो ओलम्पिक प्रतियोगितामा फेरि अमेरिकाले अग्रस्थान बनाएको छ । आज विहान तेस्रो स्थानमा रहेको अमेरिकाले खेल जारी रहँदै गर्दा मंगलबार मात्रै थप २ स्वर्ण जित्दै पहिलो स्थान बनाएको हो ।
काठमाडौं– ब्राजिलमा जारी रियो ओलम्पिक–२०१६ अन्तर्गत पछिल्लो पदक तालिकामा चीन अग्रस्थानमा पुगेको छ । दुई दिनको खेलमा अग्रस्थानमा रहेको चीन तेस्रो दिनको खेलमा दोस्रो स्थानमा पुगको थियो भने चौथो दिनको खेल जारी रहँदा पुनः पहिलो स्थानमा पुग्न सफल भएको छ ।
काठमाडौं– सरकारले १२ औँ दक्षिण एसियाली खेलकुद सागका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । भारतको गुवाहटी र सिलोङमा भएको प्रतियोगितामा पदक जित्ने खेलाडी र संघलाई सरकारले बिहीबार नगदसहित सम्मान गरेको हो ।
काठमाडौं। सशस्त्र प्रहरीको एपिएफ क्लबले राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा पूर्वाञ्चल क्रिकेट टिमलाई १० रनले हराउँदै एपिएफले उपाधि उचालेको हो । पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित १० ओभरमा एक विकेटको क्षतिमा ६४ रन बनाएको थियो ।
काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ मा सहभागी हुने खेलाडीसहितको नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले महाराजगन्जस्थित शितल निवासमा बिदाइ गरेकी छन् । अगष्ट ५ देखि २१ तारिखसम्म हुने गृष्मकालीन ओलम्पिकको