खेलकुद

मन्त्रीको निर्देशनपछि रङ्गशालाको रुप बदलिदै

काठमाडौं– युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले दशरथ रङ्गशालाको सरसफाइ गर्न निर्देशन दिएसँगै कुरुप बनेको रंगशालाको रुप बदलिने भएको छ । शुक्रबार खेलकुदमन्त्रीसहित विभिन्न विधाका खेलाडीहरुको उपस्थितमा रंगशालाको सरसफाइ गरिएको  हो । बिहीबार रङ्गशालाको निरीक्षणपछि मन्त्री श्रीपाइलीले दश दिनभित्रमा त्यहाँको सरसफाइ गरिसक्नुपर्ने भन्दै निर्देशन दिएका थिए।

मन्त्री स्वयम् सहभागी सरसफाइ कार्यक्रममा मन्त्रालयका कर्मचारी, खेलाडी र सम्बन्धित व्यक्तिको समेत सहभागिता थियो।  रङ्गशालाको सरसफाइसँगै अन्य भौतिक संरचनाको समेत सुधार गर्ने मन्त्री श्रीपाइलीले प्रतिबद्धता व्यक्त गरे। २०७२ बैशाख १२ गते गएको विनासकारी भूकम्पपछि त्यहाँ कुनै पनि खेलकुदका गतिविधि हुन सकेका छैनन् । रंगशाल घास्य मैदानमा परिणत हुनुका साथै विभिन्न पार्टीका कार्यक्रम गर्ने थलो बनेको थियो । तर, शुक्रबाबाट थालिएको सरसफाइ अभियानले रंगशालाको रुप बदलिनेमात्रै नभएर खेलकुदा गतिविधि पनि सञ्चालन हुने अपेक्षा गरिएको छ । 

३१ भदाै, २०७३ ।