खेलकुद

सन्दिपको सफलता, पहिलो खेलमै विकेट लिए

काठमाडौं–सिड्नी प्रिमियर क्रिकेटमा खेल्न पुगेका नेपाली खेलाडी सन्दिप लामिछानेले आफ्नो पहिलो खेलमै विकेट लिन सफल भएका छन्। शनिबार वेस्टर्न सबअर्ब्स क्लब र मोसमन क्लबबीच भएको खेलमा सन्दिपले उक्त विकेट लिएका हुन्। वेस्टर्न सबअर्ब्सका तर्फबाट खेल्दै सन्दिपले ८ ओभर बलिङ गरेर मात्र १७ रन खर्चिदैँ मोसमनका एन्ड्रयु डेको विकेट हात पारे। सो खेल सबअर्ब्सले ६ विकेटले जितेको थियो।

सबअर्ब्स पूर्व अष्ट्रेलियाली कप्तान माइकल क्लार्ककै क्लब हो। सो खेलमा क्लार्कले १०८ बलको सामना गर्दै ९९ रन जोडेका थिए। क्लार्ककै निम्ता र पहलमा सन्दिप अष्ट्रेलिया पुगेका हुन्। खेलपछि प्रतिक्रिया दिदैँ क्लार्कले सन्दिपको प्रदर्शनबाट आफू सन्तुष्ट भएको बताएका छन्। सन्दिपले भविष्यमा अझ राम्रो प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।

८ असोज, २०७३ ।