खेलकुद

रियो ओलम्पिकः अमेरिकालाई चीनले उछिन्यो

काठमाडौं– ब्राजिलमा जारी रियो ओलम्पिक–२०१६ अन्तर्गत पछिल्लो पदक तालिकामा चीन अग्रस्थानमा पुगेको छ । दुई दिनको खेलमा अग्रस्थानमा रहेको चीन तेस्रो दिनको खेलमा दोस्रो स्थानमा पुगको थियो भने चौथो दिनको खेल जारी रहँदा पुनः पहिलो स्थानमा पुग्न सफल भएको छ ।
पछिल्लो पदक तालिकामा चीन ४ स्वर्ण, २ रजत र ४ कास्यसहित कूल १० पदक सहित पहिलो स्थानमा रहेको छ । उसलाई पछ्याएको  अस्ट्रेलियाले ४ स्वर्ण र ३ कास्य सहित दोस्रो स्थानमा पुगेको छ भने अमेरिका ३ स्वर्ण, ६ रजत र ४ कास्यसहित कूल १३  पदकसहित तेस्रो स्थानमा पुगेको छ ।
अहिलेसम्म ३५ वटा राष्ट्रले पदक प्राप्त गर्दा २० जटा राष्ट्रले स्वर्ण पदक पदक प्राप्त गर्नेमा नाम दर्ता गराएका छन् ।

पदक तालिका यस्ताे छः