राजनीति

  • आयोगले निर्णय नसच्याए सरकार छाड्ने थापाको चेतावनी

    आयोगले निर्णय नसच्याए सरकार छाड्ने थापाको चेतावनी काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन आयोगले निर्णय नसच्याए सरकार छाडेर सडक आन्दोलनमा जाने चेतावनी दिएका छन् । पार्टीको चुनाव चिन्ह सार्वजनिक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष थापाले निर्वाचन आयोगले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निर्णय गरेको आरोप लगाए।

    Read More

  • नेपाललाई हेर्ने भारतीय दृष्टिकोण अस्पष्टः डा. भट्टराई

    नेपाललाई हेर्ने भारतीय दृष्टिकोण अस्पष्टः डा. भट्टराई काठमाडौं– नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालमाथि भारतले हेर्ने दृष्टिकोणमा अस्पष्टता भएको बताएका छन् । उनले नेपाल–भारतबीच आपसी विश्वास र भरोसाको अभावमा समस्या उत्पन्न भएको बताएका हुन् ।

    Read More

  • स्थानीय चुनावका लागि आयोगको तयारी तीव्र

    स्थानीय चुनावका लागि आयोगको तयारी तीव्र काठमाडौं- निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने निर्वाचनका लागि आवश्यक तयारी तीव्र पारेको छ । चुनावका लागि चाहिने आवश्यक सामग्रीहरु भारत र चीनबाट ल्याउने तयारी पनि थालेको छ । सवारीसाधन भने भारतबाट मात्रै ल्याउने भएको छ। भारतबाट माग गरिएका सवारीसाधनमा डबल क्याब पिकअप गाडी सबैभन्दा बढी ४५ वटा ल्याउने तयारी गरिएको छ।

    Read More

  • संघीय गठबन्धनबाट देशव्यापी आन्दोलन घोषणा

    संघीय गठबन्धनबाट देशव्यापी आन्दोलन घोषणा काठमाडौं– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासंमिलत संघीय गठबन्धनको बैठकले देशव्यापी आन्दोलनको घोषणा गरेको छ। संघीय समाजवादी फोरमको कार्यलय तीनकुनेमा बसेको बैठकले मधेस, पहाड र हिमालमा एकैपटक आन्दोलन गर्ने घोषणा गरेको हो।

    Read More

  • मोर्चाबाट समर्थन फिर्ता, असहयोग आन्दोलन शुरु

    मोर्चाबाट समर्थन फिर्ता, असहयोग आन्दोलन शुरु काठमाडौं– अन्ततः संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको छ । बुधबार १ बजे देखि बसेको करिब ७ घण्टा लामो बैठकबाट सरकारलाई दिएको समर्थनको औचित्य समाप्त भएको भन्दै फिर्ता लिने निर्णय गरेको हो ।

    Read More

  • मतदाता शिक्षा अभियान सुरु

    मतदाता शिक्षा अभियान सुरु काठमाडौ- स्थानीय तहको चुनावका लागि चाहिने जनशक्ति उत्पादन गर्न निर्वाचन आयोगले‘दुई दिने मतदाता शिक्षा मुख्य प्रशिक्षक प्रशिक्षण’ दिएको छ । आयोगमा पहिले काम गरेका कर्मचारी तथा सङ्घीय मामिला तथा स्थानीय मन्त्रालयका उपसचिव तथा शाखा अधिकृतस्तरिय ३२ कर्मचारीलाई सो प्रशिक्षण दिएको हो ।

    Read More

  • स्थानीय तह औपचारिक रुपमा शुरु

    स्थानीय तह औपचारिक रुपमा शुरु काठमाडौ- नयाँ संविधानमा व्यवस्था अनुसार स्थानीय तहको मंगलबारबाट औपचारिक रुपमा शुभारम्भ भएको छ । सरकारले शुक्रबार स्थानीय निकायलाई तहमा रुपान्तरण गरेकाले आजदेखि स्थानीय तहले कार्यालय स्थापना गरेर सेवा थालेको हो ।

    Read More

  • सरकारको समर्थन फिर्ता लिने मोर्चाको निर्णय

    सरकारको समर्थन फिर्ता लिने मोर्चाको निर्णय काठमाडौं– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय बिजुलीबजारमा मङ्गलबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए।

    Read More

  • गृहमन्त्री निधि र भारतका पूर्व प्रधानमन्त्री सिंहबीच भेटवार्ता

    गृहमन्त्री निधि र भारतका पूर्व प्रधानमन्त्री सिंहबीच भेटवार्ता नयादिल्ली– भारत भ्रमणमा रहेका उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई भेटेका छन्। आंतकवाद सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नयाँ दिल्ली पुगेका निधिले मंगलबार सिंहसँग भेटवार्ता गरेका हुन्।

    Read More

  • स्थानीय तहको निर्वाचनमा कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

    स्थानीय तहको निर्वाचनमा कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? काठमाडौं- स्थानीय तहको निर्वाचनमा महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले निर्वाचनमा साढे सात लाखभन्दा बढी खर्च गर्न नपाउने गरी निर्वाचन आयोगले खर्चको सीमा तोकेको छ । आयोगले सबै उपमहानगर, नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरूलाई समेत खर्चको सीमा तोकिदिएको छ ।

    Read More