राजनीति

  • स्थानीय चुनावमा १ करोड ४० लाख बढी मतदाता

    स्थानीय चुनावमा १ करोड ४० लाख बढी मतदाता काठमाडौं- आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा देशभर एक करोड ४० लाख ५४ हजार चार सय ८२ जनाले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगको आइतबार बसेको बैठकले २०७३ फागुन ९ गतेसम्म १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम लेखाएका मतदाताको संख्या सार्वजनिक गरेको हो।

    Read More

  • डा. भट्टराईद्वारा सरकारको ओलोचना (विज्ञप्तिसहित)

    डा. भट्टराईद्वारा सरकारको ओलोचना (विज्ञप्तिसहित) काठमाडौं– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्वको नयाँशक्ति नेपाललगायत ६४ दलले गरेको निर्वाचन आयोग घेराउ कार्यक्रमा प्रहरी दमन भएको भन्दै सरकारको आलोचना गरेका छन् । स्थानीय निर्वाचनमा दलिय चुनाव चिन्ह पाउनुपर्ने माग गर्दै बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति

    Read More

  • ‘स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन’

    ‘स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन’ काठमाडौँ– निर्वाचन आयोगले स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुनेमा अब कुनै शङ्का नगर्न सबैमा आह्वान गरेको छ। आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा खटिने मुलुकका चारवटै सुरक्षा निकायका लागि प्रदान

    Read More

  • भारतीय राजदूत पुरीले राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

    भारतीय राजदूत पुरीले राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र काठमाडौं– नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिवसिंह पुरीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन्। आइतबार राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका हुन्।

    Read More

  • चिनिया लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

    चिनिया लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह काठमाडौैं– प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वलाई अझ समृद्ध बनाउन समावेशिता, सहकार्य, स्वतन्त्रता र मतमतान्तरको अन्त्य अपरिहार्य भएको बताएका छन्। एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनलाई शनिवार चीनको बोआओमा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनेः‘

    Read More

  • प्रधानमन्त्री दाहाल चीन प्रस्थान, आजबाट महत्वपूर्ण भेटघाट

    प्रधानमन्त्री दाहाल चीन प्रस्थान, आजबाट महत्वपूर्ण भेटघाट काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन हिजो राति चीनको हैनान प्रान्तको बोआओ सहरतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्रीको बिदाइका लागि उपप्रधानमन्त्री विमलेन्द्र निधि र कमल थापा,

    Read More

  • चन्दलाई महानिरीक्षक बनाउने निर्णय सर्वोच्चद्वारा बदर

    चन्दलाई महानिरीक्षक बनाउने निर्णय सर्वोच्चद्वारा बदर काठमाडौं– सर्वोच्च अदालतले डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आइजी) बनाउने मन्त्रिपरिषद बैठकको निर्णय बदर गरेको छ । मन्त्रिपरिषद्ले फागुन १ गते तेस्रो वरियतामा रहेका चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो।

    Read More

  • राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप

    राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र प्रहरीका बीच काठमाडौँमा झडप भएको छ। आन्दोलित राप्रपाका कार्यकर्ताले प्रहरीमाथि जथावाभी ढुंगामुढा गर्न थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस समेत प्रहार गरेको छ।

    Read More

  • महानिरीक्षक मुद्धामा सर्वोच्चको फैसला मंगलबार

    महानिरीक्षक मुद्धामा सर्वोच्चको फैसला मंगलबार काठमाडौं, चैत । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई गरेको नियुक्ति सदर या बदर हुने विषयमा भोलि मंगलबार फैसला गर्ने भएको छ। सोमबार सो मुद्धामा अन्तिम बहस सकिएपछि मंगलबार फैसला हुने भएको हो।

    Read More

  • दलहरुबीच समझदारीकाे अभाव खड्कियोः निर्वाचन आयोग

    दलहरुबीच समझदारीकाे अभाव खड्कियोः निर्वाचन आयोग काठमाडाैं- स्थानीय निकायकाे चुनावको तयारीमा जुटेको निर्वाचन आयोगले निर्वाचनको वातावरण बनाउन दलहरुबीच समझदारी नहुनु दुःखद भएको बताएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आयोगले मात्र चुनाव गर्न नसक्ने भन्दै सहयोग गर्न राजनीतिक दल, मतदाता सबैलाई आग्रह गरेका हुन् ।

    Read More