समाचार

  • १० औं पटकको अनसनमा डा. केसीका ९ बुँदे माग

    १० औं पटकको अनसनमा डा. केसीका ९ बुँदे माग काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले १० औं पटकको आमरण अनसन शुरु गरेका छन् ।सरकारले विगतमा आफूसँग गरेको सहमति विपरीत वरिष्ठता मिचेर चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा डाक्टर केपी सिंहलाई नियुक्त गरेको भन्दै डा. केसीले अनसन शुरु गरेका हुन् ।

    Read More

  • अाज चन्द्रमालार्इ सबैभन्दा नजिकबाट हेर्न सकिने

    अाज चन्द्रमालार्इ सबैभन्दा नजिकबाट हेर्न सकिने काठमाडौं- चन्द्रमा सोमबार पृथ्वीको नजिक आउँदैछ । चन्द्रमा पछिल्लो ६८ वर्षमा पृथ्वीको सबैभन्दा नजिक आउन लागेको हो । नेपाली समय अनुसार सोमबार बेलुका पाँच बजेर ६ मिनेट जाँदा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउने छ ।

    Read More

  • सिंगापुरबाट राष्ट्र बैंकले १ करोड डलर ल्याउँदै

    सिंगापुरबाट राष्ट्र बैंकले १ करोड डलर ल्याउँदै काठमाडौं- नेपाल राष्ट्र बैंकले आज सिंगापुरबाट सोमबार एक करोड अमेरिकी डलर (करिब १ अर्बभन्दा बढी नेपाली रुपैयाँ) नेपाल ल्याउने भएको छ । बैंक तथा बित्तीय संस्थामा अमेरिकी डलर अभाव भएपछि राष्ट्र बैंकले डलर खरिद प्रक्रिया अघि बढाएको हो ।

    Read More

  • विश्व मधुमेह दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम

     विश्व मधुमेह दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम काठमाडौं- आज विश्व मधुमेह दिवस । मधुमेहबाट हुने समस्याबाट बचौँ भन्ने नाराका साथ विश्व मधुमेह दिवस मनाइँदैछ । विभिन्न संघ संस्थाले दिवसका अवसरमा जनचतना मूलक ¥याली निकालेका छन् भने विभिन्न कार्यक्रमको समेत आयोजना गरिएको छ ।

    Read More

  • रंगशालामा संसारकै सबैभन्दा ठूलो थाङ्का प्रदर्शन

    रंगशालामा संसारकै सबैभन्दा ठूलो थाङ्का प्रदर्शन काठमाडौं– रंगशालामा संसारकै सबैभन्दा ठूलो थाङ्का प्रदर्शनी सुरु भएको छ। शुक्रबार र शनिबार चल्ने सो प्रदर्शनीमा रहेको थाङ्काको लम्बाइ ७० मिटर र चौडाइ ५० मिटर छ। सूर्यबहादुर थकाली र जापानी कलाकार यासुतादा मिलेर निर्माण गरिएको थाङ्कालाई नेपाल, जापान, दक्षिण कोरिया, अमेरिकालगायत १६ देशका करिब १० हजार कलाकारले बुनेका हुन्।

    Read More

  • आज हरिबोधनी अर्थात ठूलो एकादशी

    आज हरिबोधनी अर्थात ठूलो एकादशी काठमाडौ– आज हरिबोधनी अर्थात ठूलो एकादशी । हिन्दु धर्मालम्बीहरु बिहानै नदी, तलाउ, धारा र कुवामा गई चोखो पानीले नुहाई ब्रत बसेका छन् । आज बिहानैदेखि तुलसीको पूजा गरी तुलसी बिवाह गरिदैछ । घरघरमा रहेका तुलसीका मठ सिंगारपटार गरी मठ छेउमा साल, बाँस वा उखु गाडेर तुलसीको विवाह गर्ने चलन छ ।

    Read More

  • फेरि एटिएमबाट अवैधरुपमा पैसा झिक्ने दुई जना पक्राउ

     फेरि एटिएमबाट अवैधरुपमा पैसा झिक्ने दुई जना पक्राउ काठमाडौं– अवैधरुपमा एटिएमबाट अरुको पैसा चोर्ने गिरोह सक्रिय रहेको भन्दै प्रहरीले एटिएम प्रयोगकर्ताहरुलाई सचेत रहन आग्रह गरेको छ । तीन जना बुल्गेरियाली नागरिक पक्राउ परेको हप्ता दिन वित्न नपाउँदै विहीबार फेरि दुई विदेशी नागरिकलाई करिब २७ लाख नेपाली नेपाली रुपैयाँ सहित केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पक्राउ गरेको छ ।

    Read More

  • अध्यक्ष शर्माद्वारा जलवायु अनुकूलन कोषको प्रतिवेदन प्रस्तुत

    अध्यक्ष शर्माद्वारा जलवायु अनुकूलन कोषको प्रतिवेदन प्रस्तुत काठमाडौं– जलवायू अनुकूलन कोषका अध्यक्ष नरेश शर्माले मोरक्कोको माराकेचमा भएको संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा अनुकलन कोषले तयार पारेको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । अध्यक्ष शर्माले जलवायु अनुकुलन कोषले अहिलेसम्म गरेका काम, र आगामी दिनमा गरिने कामका विषयमा तयार पारेको प्रतिवेदन प्रस्तुत गर्नु भएको हो ।

    Read More

  • बेलायतीलाई नेपाल घुम्न पर्यटनमन्त्रीको आग्रह

    बेलायतीलाई नेपाल घुम्न पर्यटनमन्त्रीको आग्रह काठमाडौं– बेलायतको लण्डनमा ३७ औं वर्ल्ड ट्राभल मार्केट (डब्लुटिएम) सम्पन्न भएको छ। नोभेम्बर ७ देखि ९ सम्म चलेको ट्राभल मार्केटमा नेपालबाट नेपाल पर्यटन बोर्डसहित होटल र ट्रेकिङ क्षेत्रका कम्पनीहरुको सहभागिता रहेको थियो।

    Read More

  • फाल्गुनन्दको सम्झनामा विभिन्न कार्यक्रम

    फाल्गुनन्दको सम्झनामा विभिन्न कार्यक्रम काठमाडौं– किराँत महागुरु फाल्गुनन्दको जन्म जयन्तिका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । किराँत धर्म मान्ने किराँताहरुले फाल्गुनन्दको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गरेका हुन् । आफ्नो जीवनको अन्तिम समयसम्म किराँत धर्म, संस्कार र संस्कृतिको उत्थानमा लागेका फाल्गुनन्द किराँत धर्मावलम्बीहरुका पूज्य पात्र हुन्।

    Read More