काठमाडौं, २० असार । प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा बुधबार भएको निर्वाचनको बिहीबारदेखि मतगणना सुरू भएको हो। विभिन्न स्थानीय तहबाट नतिजा आइसकेको छ भने बाँकीको आउने क्रम जारी छ। मंगलबार विहानसम्म २ सय ७३ बढी तहको मतपरिणाम सार्वजनिक भइरहेको छ ।
काठमाडौं, असार । दोस्रो चरणको स्थानीय निर्वाचनमा पनि राम्रो मत ल्याईरहेको नेकपा(एमाले)को तीन प्रदेशका उपमहानगरपालिकाहरु मध्य धेरैमा बर्चश्व देखिएको छ। प्राप्त पछिल्लो मतपरिणाम अनुसार एमालले प्रदेश नम्बर १, ५ र ७ का ७ उपमहानगरपालिकाहरु मध्य ५ मा अग्रता लिईहरको छ।
काठमाडौं, १८ असार । असार १४ गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी छ। प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा बुधबार भएको निर्वाचनको बिहीबारदेखि मतगणना सुरू भएको हो।
दोस्रो चरणको स्थानीय निर्वाचनअन्तर्गत प्रदेश नम्बर एक, पाँच र सातमा बुधबार बिहान ७ बजेदेखि मतदान जारी छ । निर्वाचन आयोगले तीनै प्रदेशमा उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ। दोस्रो चरणकै निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवादेखि सभामुख ओनसरी घर्ती र उपप्रधानमन्त्री तथा मन्त्रीहरुले पनि आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मतदान गरेका छन् ।
काठमाडौं, ७ असार । स्थानीय तहको दोस्रो चरणको चुनाव हुन करिब एक साताको समय मात्र बाँकी छ । चुनावका लागि निर्वाचन आयोगले आफ्ना सम्पूर्ण काम पूरा गरिसकेको छ भने उम्मेदवारहरु मत बटुल्न घरदैलो अभियानमा व्यस्त बनेका छन् ।
काठमाडौं, ६ असार । यही असार १४ गते हेन दोस्रो चरणको स्थानीय निर्वाचन अन्तर्गत आज उम्मेदवारी फिर्ता र निर्वाचन चिन्ह वितरण गर्ने कार्यतालिका रहेको छ । निर्वाचन आयोगका अनुसार गत असार ४ गते उम्मेदवारी दर्ता गराएकाहरुलाई मंगलबार उम्मेदवारी फिर्ताको समय दिएको छ।
काठमाडौं, ६ असार । प्रमुख प्रतिपक्षी नेताका हैसियतमा संवैधानिक परिषद् सदस्य रहेका केपी शर्मा ओलीले प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा ‘आवश्यक कागजपत्र अध्ययन गर्नुपर्ने’ भन्दै अड्को थापेपछि सोमबार बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्न सकेन।
काठमाडौं, ५ असार । टिकट वितरणमा चरम असन्तुष्टि रहेको नेपाली कांग्रेस डडेल्धुरामा असन्तुष्ट पक्षधर नेताहरू ‘बागी’ उठेका छन् । पार्टी निर्णयका विरुद्ध आफ्नोे उम्मेदवारी जनाउँदै कांग्रेस कार्यकर्ताले एउटा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र विभिन्न वडामा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । डडेल्धुरा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो ।
काठमाडौं, असार । सरकारले निर्वाचन आयोगको सहमतिविनै प्रदेश नबर २ को स्थानीय तह निर्वाचन असोज २ गते सारेको छ । मन्त्रिपरिषदको विहीबारको बैठकले प्रदेश नम्बर २ को चुनाव मिति असोज २ गते सार्ने निर्णय गरेको छ ।
काठमाडौं, जेठ । सरकारले असन्तुष्ट रहेका दललाई पनि स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा सहभागी गराउने उद्देश्यसहित स्थानीय तह निर्वाचन ऐनलाई संशोधन गरेको छ । राजपालाई चुनावमा सहभागी गराउन संशोधन गरिएको सरकारको भनाइ रहेपनि राजपा भने चुनावमा जाने नजाने भन्ने विषयमा अझै अन्योलमा रहेको छ ।