राजनीति

उम्मेदवारी फिर्ता र निर्वाचन चिन्ह वितरण आज

काठमाडौं, ६ असार । यही असार १४ गते हेन दोस्रो चरणको स्थानीय निर्वाचन अन्तर्गत आज उम्मेदवारी फिर्ता र निर्वाचन चिन्ह वितरण गर्ने कार्यतालिका रहेको छ । निर्वाचन आयोगका अनुसार गत असार ४ गते उम्मेदवारी दर्ता गराएकाहरुलाई मंगलबार उम्मेदवारी फिर्ताको समय दिएको छ।
निर्वाचन आयोगले उम्मेदवारलाई आजै निर्वाचन चिह्नसमेत प्रदान गर्ने कार्यक्रम छ ।उम्मेदवारी फिर्ता लिन चाहानेहरुलाई बिहान ८ बजेदेखि ११ बजेसम्मको समय दिएर आयोगले उम्मेदवारी फिर्ताको अवसर दिएको हो । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी फिर्ता लिने व्यवस्था मिलाएको आयोगले जनाएको छ । 
बिहान ११ बजेदेखि ११ः३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका निर्वाचन आयोगको छ ।  निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई मंगलबार नै बिहान ११ः३० बजेदेखि बेलुका ६ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिए ।