काठमाडौं, बैशाख । सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच तीन विषयमा सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुका बसेको बैठकमा दुई चरणमा निर्वाचन, संविधानको दोस्रो संशोधन विधेयक परिमार्जन र मधेसी मोर्चाद्वारा घोषित आन्दोलन कार्यक्रम फिर्ता लिई निर्वाचनमा भाग लिने विषयमा सहमति भएको हो।
काठमाडौं– मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले स्थानीय चुनावका लागि घोषणा पत्र तयार पारेको छ । कांग्रेसले ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र तयार पारेको हो।
काठमाडौं–संघीय गठबन्धनले सरकारले आफूहरुका माग सम्बोधन नगरेको भन्दै वैशाख ३१ का लागि स्थानीय निर्वाचन प्रभावित गर्नेगरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । गठबन्धनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
काठमाडौं, बैशाख । राष्ट्रपति विद्यावेदी भण्डारीले नयाँवर्ष २०७४ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गरी नयाँ वर्षको अवसरमा जारी गर्नुभएको शुभकामना सन्दैमा
काठमाडौं, बैशाख । नयाँ संविधानले परिकल्पना गरे अनुसारको राजनीतिक पूर्वाधार तयार गर्नका लागि निकै महत्वपूर्ण वर्ष थियो(२०७३ । मुलुकलाई राजनीतिक स्थिरता दिदै विकास र समृद्धितर्फ मोड्ने मुख्य घुम्ती २०७३ देखि सुरु हुन सक्थ्यो । तर राजनीतिक अन्योल र विवादको घनचक्करमा एक वर्ष त्यत्तिकै गुमेको छ ।
काठमाडौं, चैत । स्थानीय तह निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका मधेसवादी केही दलबाहेक अधिकांस दलहरु सक्रिय भएर चुनावमा होमिन थालेका छन् । आगामी बैशाख ३१ गतेका लागि तोकिएको निर्वाचनमा उमेदवारलाई टिकट दिने आधिकारिक हस्ताक्षर बुझाउन उनीहरु निर्वाचन आयोग
काठमाडौं, चैत । मुलुकको चौथो ठूलो दल राप्रपाले स्थानीय चुनावका लागि एक हप्तामा सम्मै उम्मेदवार अन्तिम टुंगो लगाउने भएको छ । सत्तारुढ दल राप्रपाले ५ वैशाखसम्म गाउँपालिकाका सबै पदमा उम्मेदवार बन्नेहरूको नामावली यकिन गरिसक्ने तयारी गरेको हो ।
काठमाडौं, २३ चैत । आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आफ्नो कामलाई तीव्रता दिएको छ । मतदाता परिचयपत्र, मत पत्र छाप्ने लगायतका काम तीव्र रुपमा गरिरहेका बेला आयोगले चुनावमा भाग लिने ८० दलको सूची सार्वजनिक गरेको हो ।
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले मधेसी मोर्चाका माग पूरा गर्न दुई चरणमा चुनाव गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । मधेसवादी दलसँग प्याकेज सहमतिको सम्भावना टर्दै गएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश नम्वर २ र ५ मा दोस्रो चरणमा चुनाव गर्ने अनौपचारिक प्रस्ताव अघि सारेका छन् ।
काठमाडौं- बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय निर्वाचनको तयारीका लागि निर्वाचन आयोगले आफ्नो तर्फबाट कामहरु धमाधम अघि बढाइरहेको बेला सरकारकै स्थानीय निकायको चुनाव हुने सम्भावना टर्दै गएको छ । प्रधानमन्त्री चीन भ्रमणबाट फर्केपछि आन्दोलनरत