काठमाडौं, २१ कार्तिक । बाग्मतीलाई सफा र चिटिक्क पारेर पवित्र जल बगाउने सोचसाथ सफाइ अभियान थालिएको दुई दशकभन्दा बढी समय भएको छ । यसबीचमा यहाँ धेरै पानी बगिसकेको छ र सफाइका नाममा अर्बौं बजेट पनि सकिइसकेको छ । तर, प्रगति शून्यबराबरमै छ ।
काठमाडाैं, २१ कार्तिक । सरकारले २५ जिल्लाका गरिब घरपरिवार पहिचान गर्दै उनीहरूलाई परिचयपत्र वितरण सुरु गरेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब घरपरिवार पहिचान गर्दै सोमबारदेखि गरिबीको परिचयपत्र वितरण थालेको हो ।
काठमाडौं, कात्तिक । महिला वालवालिका तथा समाजकल्याण मन्त्री विक्रमबहादुर थापाले सबै सहकारी संस्था खराव नहुने उल्लेख गर्दै असल र खराव छुटट्याएर आर्थिक कारोवार गर्न वचतकर्तालाई आग्रह गरेका छन् । वचतकर्ताले सहकारी संस्था र त्यसका सञ्चालकहरुको पृष्ठभूमि राम्ररी बुझेर मात्रै आर्थिक कारोवार गरे भविष्यमा चिन्ता लिनुपर्दैन’ मन्त्री थापाले भने ।
काठमाडौं, कार्तिक । ‘खाने मुखलाई जुंगाले छेक्दैन’ भने नेपाली उखानझैं अब विदेशमा बसेर पनि हिन्दु धर्मालवम्वीहरुको प्रशिद्ध मन्दीर श्रीराममन्दीर बत्तिसपुतलीमा आफुले चाहेको पुजाअर्चना, आरती र भाकल पुरा गर्न सकिने भएको छ । हातहातबाट मोवाइल र इन्टरनेटमार्फत
काठमाडौं, १९ कार्तिक । राजधानीस्थित सिनामङ्मलमा विश्वकै ठूलो एभिएसन म्युजियम खुलेको छ । दुई वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको टर्किस एयरको एयरबस–३३० लाई उप्रेती ट्रष्टले एभिएसन म्युजियममा रुपान्तरण गरेको हो ।
काठमाडौं, १४ कार्तिक । उत्तरी गोरखाको सामागाउँ र साम्दोमा यसवर्ष कात्तिक दोस्रो साता नै हिमपात भएको छ। प्रायः मंसिरको अन्तिमतिर मात्र हिमपात सुरु हुने यी गाउँमा यसवर्ष करिब एक महिना अघि नै हिमपात भएको हो। यी दुै गाउँमा मंगलबार बिहानदेखि परेको पानीसँगै हिमपात भएको हो ।
काठमाडौं, १३ कार्तिक । बुटवलबाट गुल्मी जाँदै गरेको माइक्रोबसलाई विपरीत दिशाबाट आएको जिपले ठक्कर दिँदा भएको दुर्घटनामा परी १४ जना यात्रुमध्य ९ जनाको मृत्यु भएको छ। बुटवलबाट १३ यात्रु लिएर गुल्मीको तम्घास जाँदै गरेको बा४ख ५५०१ माइक्रोबसलाई सोमबार दिउँसो दुई बजे
उदयपुर, १३ कार्तिक । उदयपुर जिल्लाको कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको जिप दुर्घटना हुँदा १ महिला र ७ पुरुषसहित ८ जनाको मृत्यु भएको छ। ना १ ज ३४०४ नम्बरको जिप उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट खसेर दुर्घटनामा परेको हो। जिप सडकबाट खसेको र प्रहरी घटनास्थलमा
काठमाडौं, १३ कार्तिक । उद्योगी व्यवसायीहरुले कालो बजारी ऐन (२०३२) संशोधन गर्न माग गरेका छन्। नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वको प्रतिनिधिमण्डलले नवनियुक्त मुख्य सचिव लोकदर्शन रेग्मीलाई भेटी ऐन संशोधन गर्न माग राखेको हो।
काठमाडौं, ११ कार्तिक । राजविराजबाट काठमाडौं आउँदै गरेको बस धादिङको त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । मृतक मध्ये ११ जना पुरुष, १० महिला र १० जना बच्चा रहेको धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले जानकारी दिए ।