समाचार

‘सबै सहकारी खराव हुँदैनन’: मन्त्री थापा

सिद्धिक सहकारीको नवौं वार्षिक साधारण सभा
बलराम प्यासी
काठमाडौं, कात्तिक । महिला वालवालिका तथा समाजकल्याण मन्त्री विक्रमबहादुर थापाले सबै सहकारी संस्था खराव नहुने उल्लेख गर्दै असल र खराव छुटट्याएर आर्थिक कारोवार गर्न वचतकर्तालाई आग्रह गरेका छन् । वचतकर्ताले सहकारी संस्था र त्यसका सञ्चालकहरुको पृष्ठभूमि राम्ररी बुझेर मात्रै आर्थिक कारोवार गरे भविष्यमा चिन्ता लिनुपर्दैन’ मन्त्री थापाले भने । 
काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित सिद्धिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभालाई शनिबार सम्वोधन गर्दै मन्त्री थापाले केही सहकारी संस्थाले सर्वसाधारणले दुईछाक कटाएर बचाएको रकम लिएर भागेपछि सर्वसाधारणमा यस्तो आशंका पलाएको बताए । वचतकर्ताबाट संकलित रकमलाई उत्पदानशील र आयआर्जन बढाउने काममा लगाउन पनि मन्त्री थापाले सञ्चालकहरुलाई आग्रह गरे । 

कार्यक्रममा मन्त्री थापाले सो सहकारी संस्थाका जेष्ठ नागरिक लक्ष्मीनारायण श्रेष्ठ र अर्जुनप्रसाद उपाध्यायलाई दोसल्ला तथा प्रमाणपत्रद्धारा सम्मान गरे । साथै गतवर्षको माद्यमिक शिक्षा परीक्षा एसईई मा उत्कृष्ट अंक हासिल गरेका सहकारी संस्थाका सदस्यका छोराछोरीलाई जनही नगद २ हजार ५०० का दरले नगद तथा प्रशंसापत्रसहितको उत्कृष्ट ‘सिद्धिक शैक्षिक सम्मान २०७३’ प्रदान गरे । यसरी सम्मानित हुने विद्यार्थीहरुमा प्रियंका चौधरी, काजल श्रेष्ठ, सविन खड्का र अंकित यादव छन् । 

सयैगरि मन्त्री थापाले हालै सम्पन्न नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघको प्रथम उपाध्यक्षमा निर्वाचित भएका सो संस्थाका शेयर सदस्य भूपेन्द्र चौलागाई, महासचिव अनिल कुमार रंजित, वरिष्ठ  सदस्य तीर्थ महर्जन र केन्द्रीय सदस्य सुन्दरकुमार श्रेष्ठलाई संस्थाको तर्फबाट सम्मान गरे । यसैगरी मन्त्री थापाले सुन्दरकुमार श्रेष्ठलाई कुशल सञ्चालक र मेनुका खडका उत्कृष्ट कर्मचारी, रुशा श्रेष्ठ र सुरेश श्रेष्ठलाई उत्कृष्ट वचतकर्ता, सहवीर अहमद र नेवारी चलचित्र शिलुका नायक जुजुभाई महर्जन (जय श्रेष्ठ) लाई उत्कृष्ट ऋणीको रुपमा सम्मान गरे । 
संस्थाका अध्यक्ष होमप्रसाद चौलागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा  सचिव नरेन्द्र राईले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष जितेन्द्रकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 
संस्थाले चालु आर्थिकवर्षदेखि कोटेश्वरमा मात्तै नभई काठमाडौं जिल्लाभरी आफ्नो कार्यक्षेत्र विस्तार गर्ने गरि भावि योजना पारित गरेको छ ।