काठमाडौं, ३ मंसिर । प्रचण्डपुत्र प्रकाश दाहालको आज बिहान निधन भएको छ । हृदयघात भएपछि नर्भिक अस्पताल पु¥याइएका दाहालको उपचारका क्रममा निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा केही बेरमा पत्रकार सम्मेलन गरेर गरिनेछ ।
काठमाडौं, ३० कार्तिक । उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाको मोबाइल केही दिनयता धेरै समय अफ हुन्छ। चन्दा माग्नेको फोनबाट आजित भएपछि मोबाइल अफ गर्न थालेका हुन्। मंगलबार भेट हुँदा कसैलाई फोन गर्नुपर्दा मोबाइल अन गर्ने उनी कुराकानी सिद्धिनेबित्तिकै अफ गरिरहेका थिए।
काठमाडौं, ३० कार्तिक । १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना चिनीयाँ कम्पनीसँग खोसेर भारतीयलाई दिन लागेको भारतीय मिडियाहरुले लेखेका छन् । टाइम्स अफ इन्डियाले भारतको सरकारी कम्पनी एनएचपिसीलाई दिनको लागि चीनको गेजुवा ग्रुप अफ कर्पोरेसन
काठमाडौं, ३० कार्तिक । नेपालमा अवैध बिटक्वाइनबाट टेलिकम कम्पनीका मोबाइल फोनमा रिचार्ज हुने गरेको तथ्य खुलेको छ । बिटक्वाइनका सबैजसो वालेटबाट नेपाल टेलिकम, एनसेल, स्मार्टसेल, युटिएललगायत कम्पनीका मोबाइल नम्बर रिचार्ज हुने गरेको छ ।
काठमाडौं, ३० कार्तिक । अवकाश पाउन एक साता बाँकी रहेका वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घूसकाण्डमा पक्राउ परेका छन् । मंगलबार साँझ विभागका दुई कर्मचारी १० लाख रुपैयाँ घूससहित पक्राउ परेको भोलिपल्ट अख्तियार टोलीले सहसचिव पाण्डेलाई पक्राउ गरेको हो ।
काठमाडौं, २९ कार्तिक । प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले लामो अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरी उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा राजीव स्याङ्ताङ, शिवजी महतो, मुकेशकुमार पाण्डे, प्रकाश बुढाथोकी र सन्तोष गुरुङ छन् ।
काठमाडौं, २७ कार्तिक । १० र २१ मंसीरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि स्वास्थ्य सेवा विभागले मुलुकभरका स्वास्थ्य निकायका कर्मचारीलाई निर्वाचन अवधिभर अर्थात मंसीर महिनाभरीनै उच्च सतकर्ताका साथ तयारी अवस्थामा रहन परिपत्र पठाएको छ ।
मुगु, २७ कार्तिक । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकै आउँदा फरक पार्टीलाई सहयोग गरेको भन्दै एक ब्यक्तिले आफ्नी श्रीमतीलाई घर निकाला गरेका छन् । नेपाली कांग्रेस सामर्थक उनले आफुले राजेको भन्दा फरक दललाई सहयोग गरेकै कारण मुगुकाे कार्मारोङ गाउँपालिका
इलाम, २७ कार्तिक । घोषणापत्रमा सपना बाड्न माहिर राजनीतिक दलका नेताहरूसँग ग्रामीण जनताको एउटै भनाइ छ– ‘सडक, खानेपानी र बिजुली देउ ।’ स्थानीयल चुनावमा बेला उम्मेदवारले ल्याएर आउने नाराचाहिँ कहिल्यै नयाँ लाग्दैनन् । उनीहरूले कैयौं पटक भोट हालिसके,
काठमाडौं, २५ कार्तिक । नारायणगोपल चोकबाट केही समय पहिले रातारात स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको सालिक हट्यो । वरिपरीका सबै चकित परे । करिब एक महिना भइसक्दा पनि सालिक प्रतिस्थापन नहुँदा सर्वसाधारणले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन् ।