मनोरंजन

सामुद्रिक किनारामा हाेलीकाे रमाइलाे

काठमाडौं, फागुन । नेपाली कलाकारले रंगहरुको पर्व होली भव्य रुपमा मनाए । पहाडी तथा हिमाली जिल्लाका कलाकारहरुले विहीबार होली मनाए भने तराई क्षेत्रका कलाकारहरुले शुक्रबार होलिमा रंगिए । स्वदेशमा रहेका कलाकारहरुले विभन्न कार्यक्रममा सरिक हुुनुका साथै आफन्तसँग माया र सद्भाव साँटासाँट गरेर होली भव्य बनाए । तर, होलीकै योजना नाएर थाइल्याण्ड पुगेका चार दर्जन बढी कलकारको पतैया बीचमा होली झन भव्य बन्यो ।

ग्लोबल मोसन पिक्चर्स अवार्डका तथा होली र रमाइलो फुटबलको योजना बुनेर थाइल्याण्ड पुगेका कलाकार तथा प्राविधिकले आफ्नो संस्कृति अनुरुप होली खेले । एक आपसमा रंग दलेर माया साँटासाँट गरे । कलाकार धिरेन शाक्य, कार्यक्रमका आयोजक अध्यक्ष रामबहादुर सुवेदी( आर.के), निर्माता अमृत तामाङ , निर्माता निरञ्जन ठाकुर, अञ्जना राई (ठाकुर), लगायत रंगमा रंगिए । सधैं आम दर्शकलाइ मनोरञ्जन प्रदान गर्ने पर्दा आगाडि तथा पर्दा पछाडिका फिल्मी कलाकार, थियटर कलाकार, मोडेल, निर्माता र हल व्यवसायीको थाइल्याण्डमा होली भब्य बनेको आयोजक सुवेदीले बताए ।

अवार्ड आयोजना गरेरै गिनिज बुक वर्ड रेकर्ड कायक गरी गत वर्षदेखि विस्व भ्रमण विशिष्ट नागरिक सम्मान कार्यक्रम लिएर विश्व भ्रमण अभियानमा लागेका सुवेदीले भने– ‘सामुद्रिक किनाराको होली साँच्चै अविस्मरीय बन्यो, हाम्रो प्रस्तुति देखेर विदेशीहरु पनि लोभिए ।’ त्यहाँ पुगेका कलाकार तथा प्राविधिकका साथै थाइल्याण्डमा रहेका नेपालीहरु पनि होलीमा खुलेरै रमाए । गुड मिल अमृत निर्माण सेवा प्रालिले प्रायोजन गरेको जर्सी लगाएर चार दर्जन बढी प्राविधिक, कलाकार, निर्माता, मोडेल, हल व्यवसायी, थियटर कलाकारले थाइल्याण्डमा सामुहिक होली खेल्नुका साथै रमाइलो फुटबल समेत खेलेका छन् । 

उक्त कार्यक्रमका लागि आयोजक सुवेदी लगायत कलाकारहरु धिरेन शाक्य, सुमन सिंह, निर्माता संगीता चौलागाई लामिछाने, सुरज सिंह, राजेशकुमार शाह, मोडल पप्पु सिंह, सुरज खड्का, निर्माता केदार ढुंगाना, सन्नी शाक्य, दीपेन्द्र ढुंगाना, विकाश शाक्य, जोनस खोजु, मोडल रुपा लामा, राजकुमार केसी, देवेन्द्रमान सिंह, तीलबहादुर कार्की, थियटर कलाकार अमिषा बस्नेत, नायिका सीमा केसी, नायक सोहित मानन्धर, बरिष्ठ गीतकार तथा डिजाइनर सुन्दर श्रेष्ठ, निर्माता बसन्तकुमार श्रेष्ठ, निर्माता प्रितम लामिछाने, हल व्यवसायी सुरेन्द्र तण्डुकार, दुर्गालाल प्रधान, निर्माता कलाकार राजु श्रेष्ठ, निर्माता अमृत तामाङ, निरञ्जन ठाकुर र सुवाश थापा लगायत त्यहाँ पुगेका छन् ।