मनोरंजन

राधे औसत चलचित्रः निर्माता सुशील पोखरेल

काठमाडौं, १२ चैत । नयाँ वर्ष २०७५ को अवसर पारेर आयोजना हुन लागेको ब्लक बस्टर अवार्डको मनोनयनमा छनोट भएका एक दर्जन बढी चलचित्रभित्र पर्न सफल चलचित्र हो– राधे । वि.स. २०७४ सालमा प्रदर्शनमा आएका चलचित्रहरुको व्यावसायिक सफलतालाई मध्यनजर गरेर ब्लकबस्टर अवार्ड प्रदान गर्न लागिएको हो ।

यो वर्ष प्रदर्शनमा आएका ८३ वटा चलचित्रमध्ये उत्कृष्ट १५ वटा चलचित्रलाई यही चैत्र २९ गते काठमाडौंको पुरानो बानेश्वरस्थित अर्गानिक चुल्होमा हुने भव्य कार्यक्रममा अवार्ड प्रदान गरिनेछ । नयाँ वर्षको शुभकामना आदनप्रदानसँगै चलचित्र उद्योगमा पु¥याएको योगदानस्वरुप बक्स अफिस फिल्म क्लब नेपाले अवार्ड आयोजना गर्न लागेको हो । यो अवार्डको उत्कृष्ट १५ मा समावेश हुन सफल भएको चलचित्रल राधेका विषयमा निर्माता सुशील पोखरेल सम्मानित हुने भएका छन् । 
हरि ॐ सिने मेकर्स प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र राधेका निर्माता पोखरेलले आफ्नो यो वर्ष प्रदर्शनमा आएको चलचित्र राधे औसत चलचित्र रहेको बताए । उनले भने – ‘मेरो चलचित्र सुपर हिट पनि होइन, फ्लप पनि होइन । उत्कृष्ट १५ भित्र पर्न सफल भयो यसका लागि आयोजकलाई धन्यवाद दिन चाहान्छु ।’ यो वर्षको सुरुवात अर्थात वैशाख १ गते प्रदर्शनमा आएको चलचित्र राधेले ओपनिङ कारोबार सुखद् गर्नुका साथै नयाँ वर्षका दर्शकलाई पनि हलमा तान्न सफल भएको थियो । राधे चलचित्रले नयाँ वर्ष शुक्रबार परेको र २ गते शनिबार परेकोले यस दिनमा अल नेपाल लगभग हाउसफूल दर्शक पाउन सफल भएको थियो । त्यसपछिको एक हप्तासम्म पनि चलचित्रले दर्शक नियमित पाएको थियो । त्यो अवस्थामा चलचित्रको लगानी सुरक्षित बनेको निर्माता पोखरेलले बताए । अन्तर्राष्ट्रिय बजारमा चलचित्रको ‘राइट’ खासै बिक्री नभए पनि स्वदेशी दर्शक र भिसीडी राइटबाट चलचित्र राधेले कूल १ करोड ८० लाग बढीको व्यापार गरको उनले दाबी गरे । यो कमाइलाई नै आधिकारिक मान्ने हो भने चलचित्रले लगानी सुरक्षित गर्नुका साथै हरि ॐ सिने मेकर्सलाई ८ देखि १० लाख रुपैयाँ फाइदा पु¥याएको हुनुपर्छ । तर, निर्माता पोखरेलको भनाइलाई मान्ने हो भने एक वर्ष समय खर्चिनुका साथै ६० देखि ७० लाख रुपैयाँ लगानी गरेर यति कमाउनु भनेको नेपाली चलचित्र क्षेत्रकै लागि नै घाटाका विषय हो । किन भने यही पैसा अन्य क्षेत्रमा लगानी गर्ने हो भने ठूलै प्रतिफल हात पर्छ । 
आर्थिक वर्ष २०७४ नेपाली चलचित्रका लागि सुखद रहे पनि वास्तविक रुपमा निकै नै फाइदा लिने चलचित्र औंलामा गन्न सकिने छन् । ८० भन्दा बढी चलचित्र प्रदर्शनमा आएर झण्डै १ दर्जनले मात्र सफलता हात पार्नु चलचित्र क्षेत्रकै लागि दुखद् पक्ष हो ।  अन्य चलचित्रका व्यानरहरु यसरी शत प्रतिशत डुवान खेपिरहँदा आफ्नो चचिलत्रे सफलता हात पार्नु नेपाली बक्स अफिसमा गौरवको विषय भन्न रुचाउँछन् उनी । 
चलचित्र राधे एक्सन, लभ तथा देशभक्ति भावना बोकेको चलचित्र हो । चलचित्रमा नायक निखिल उप्रती र प्रियंका कार्कीको प्रमुख भूमिका रहेको थियो । राजेन्द्र थापाको कथावस्तु रहेको चलचित्रमा देशभक्ति र एक्सनलाई दर्शकले रुचाएका थिए । यसभन्दा अगाडिको  अवार्ड संस्करण थाइल्याण्डको एक होटेलमा सम्पन्न भएको थियो । त्यो समयमा अवार्डका लागि एक दर्जन नेपाली चलचित्र नोमिनेसनमा पर्न सफ भएका थिए भने यो वर्ष यसलाई वृद्धि गरी १५ वटामा पु¥याइएको छ । आर्थिक वर्ष २०७३ लाई हेर्ने हो भने ०७४ सफल देखिन्छ । यो वर्षमा लभ स्टोरी, एक्सन, सामाजिक कमेडी सबै प्रकारका चलचित्रहरु बक्स अफिसमा प्रर्दनमा आए । ती मध्ये केहीले सफलता हात पारे भने केहीले नेपाली चलचित्रको विसकासमा टेवा पु¥याए । यीन चलचित्रमध्येका उत्कृष्टलाई छनोट गरी अहिले ब्लक बस्टर अवार्ड प्रदान गर्न लागिएको हो । अन्य अवार्डहरुमा चलचित्रका नायक नायिकालाई अवार्ड प्रदान गरिने भए पनि यो अवार्ड भने पर्दा पछाडिका नायक नायिका अर्थात निर्माण कम्पनीलाई सम्मान गर्न लागिएको आयोजक बक्स अफिस फिल्म क्लब नेपालका अध्यक्ष रामबहादुर सुवेदी (आर.के) ले बताए । अवार्डका विषयमा चलचित्र राधेका निर्माता पोखरेलले आयोजकको यस कार्यको प्रसंशा गर्दै चलचित्रको विकासका लागि हुने यस्ता कार्यक्रममा आफ्नो सधैँ साथ र सहयोग रहने प्रतिवद्धता जनाए ।