मनोरंजन

प्रतिभा नक्षत्रको संयोजकमा शिम्मी सर्वसम्मत

काठमाडौं, ३० पुस । हालै बेलायतमा सम्पन्न भएको विश्व भ्रमण विशिष्ट नागरिक सम्मान कार्यक्रममा नेपाली कला र संस्कृतिको जगेर्ना तथा उद्धारमा अतुलनीय योगदान पु¥याए वापत सम्मानित भएको शिम्मी पुन प्रतिभा नक्षेत्रको तदर्थ समिति संयोजकमा सर्वसम्मत भएकी छिन् । 
प्रवासी नेपालीको संकृति, भेष–भूषामा काम गर्दै आएको प्रतिभा नक्षेत्र बेलायतले करिब एक बर्ष पछि औपचारिक रुपमा शिम्मी पुनको संयोजकत्वमा तदर्थ समितिको गठन गरेको हो ।१४ सदस्यीय समिति रहेको प्रतिभा नक्षत्रका सदस्य सचिवमा लछुमन गुरुङ सर्वसम्मत भएका छन् । त्यसैगरी दक्षिण पूर्वी लन्डन प्लमस्टेडको गोर्खा क्लबमा भएको भेलामा संस्थाका पधादिकारीहरु मनिष श्रेष्ठ, राजेन्द्र खस, शिम्मी पुन, लछुमन गुरुङ, बिरेन्द्र नेपाल, भुवन थापा, कुशल श्रेष्ठ, विकेश राज बस्नेत लगायतको उपस्थिति रहेको थियो । 
कम्पनी ऐन अन्तर्गत बेलायतमा विधिवत दर्ता भई प्रतिभा नक्षत्रले वार्षिक कार्य योजना र उद्देश्यको बारेमा छलफल गरेको हो । संस्थाले गत बर्ष अगष्टमा मात्र भब्य रुपमा कार्यक्रम सम्पन्न गर्दै चौतर्फी तारिफ बटुलेको थियो । विभिन्न नेपाली तथा विदेशी संघ–संस्था संग सहकार्य गर्दै संस्थालाई ग्लोबल रुपमै विस्तार गर्ने दीर्घ कालीन लक्ष्य लिएको छ ।