मनोरंजन

हात्ती महोत्सवमा हँसाए कलाकारले

‘फिर्के’ टोलीले थप्यो रौनक 
चितवन, १५ पुस । यही पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फिर्के’ यूनिट यतिबेला मोफसल दौडाहामा छ । प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार–प्रसारका लागि विभिन्न जिल्ला हुँदै चितवन पुगेका कलाकार तथा निर्माता सुलेमान शंकर ‘ईकु’ र निर्देशक रवि डंगोल ‘बेमान’लेले चितवनमा जारी हात्ती महोत्सवमा आफ्नो प्रस्तुती पस्के । 
पूर्वको प्रोमोसन सकेर चितवन पुगेका चलचित्रका निर्माता तथा कलाकार ‘ईकु र चलचित्रका निर्देशक ‘बेमान’ र निर्माता राजेश श्रेष्ठले हात्ती महोस्तवमा चलचित्रको प्रचार स्वरुप आफ्नो प्रस्तुती दर्शकमाझ पस्केका हुन् । 
चितवनको सौराहामा जारी १४ औं चितवन हात्ती महोत्सवमा चलचित्र ‘फिर्के’क युनिटले आफ्नो चलचित्रको बारेमा दर्शकलाई जानकारी दिएको हो । महोत्सवमा ‘ईकु’ र ‘सुकु’ले दर्शकलाई कमेडी प्रस्तुतिले साथै ‘फिर्के’को चर्चित गीत ‘चट्टै’ बोलको गीतमा डान्स गरेर मनोरञ्जन समेत दिएका थिए । यी दुई कलाकारले १४ औं चितवन हात्ती महोत्सवमाआफ्नो हास्य प्रस्तुति समेत दिएका थिए । शुक्रबार चितवनमा पत्रकार भेटघाट आयोजना गरेर चलचित्रको बारेमा जानकारी दिँदै चलचित्र युनिट हेटौडातर्फ लागेको छ । 
गाउँदेखि शहर पसेको एक सिधा युवाको कथामा ‘फिर्के’ बनेको छ । ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रमा अभिमन्यू निरबीको लेखन अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि.गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ । विश्व नेपाली र सुवास भुषालको चलचित्रमा संगीत रहेको छ । 
निर्देशक डंगोलले पत्रकारमाझ फिल्मको विषयमा जानकारी दिँदै भने, ‘फिर्के’ एउटा कमेडी प्रधान फिल्म भएको जानकारी दिए । ‘गाउँको एउटा केटा शहरपछि सुरु हुने संघर्षलाई पर्दामा उतारेका छौ ।’ उनले भने– ‘पर्दा पछाडि बसेर इमान्दारपूर्वक काम गरेको छु, दर्र्शकलाई फिल्म मन पर्नेछ ।’ यस्तै, फिल्मका निर्माता समेत रहेका कलाकार ‘ईकु’बाट पाएको परिचय ‘फिर्के’ले बदल्ने बताए । उनले भने ‘फिर्के’, ’ईकु’ र ’ईकु २’ भन्दा विल्कुलै फरक छ । मेरो भूमिकामा यसमा फरक देख्न पाउनु हुनेछ ।’