मनोरंजन

‘रुपै मोहनी’ भन्दै दीपासँग कम्मर मर्काए हरिवंशले

काठमाडौं, १५ पुस । मह सञ्चारको प्रस्तुती र हाँस्य कलाकार किरण केसीको निर्माणमा बनेको चलचित्र ‘शत्रु गते’को पहिलो गीत ‘रुपै मोहनी’ सार्वजनिक भएको छ । सार्बजनिक गीतमा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा र प्रियंका कार्कीले नृत्य गरेका छन् । 
गीतमा नायक पलले आँचल र कलाकार हरिबंशले दिपाश्रीलाई रुपै मोहनी भन्दै नाचेका छन् । गीतमा टंक बुढाथोकी र मीना निरौलाको स्वर र कबिराज गहतराजको नृत्य निर्देशन रहेको छ । गीत सार्वजानिक भएको केहि घण्टामा नै दर्शकको नजरमा बस्न सफल भएको छ । प्रदीप भट्टराई निर्देशित चलचित्र ‘शत्रु गते’ चैत्र ९ गतेबाट अलनेपाल रिलिज हुनेछ ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपाली फिल्म ‘शत्रु गते’को पहिलो गीत सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ । केहीदिन अगाडि मात्र बौद्धस्थित समता अस्पतालमा यो गीतको  छायांकन गरिएको थियो ।  लोक फ्लेवरको ‘रुपै मोहनी’ बोलको गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने संगीत टंक बुढाथोकीले दिएका हुन् ।  गीतलाई टंक र मीना निरौलाले संयुक्त रुपमा गाएका छन् । कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको गीतलाई दिर्घ गुरुङले खिचेका हुन् । गीतमा हरिवंश र दीपा, दीपक र प्रियंका तथा पल र आँचलको जोडीलाई देख्न पाइन्छ ।
चलचित्र तराई र काठमाडौंका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको हो । चलचित्र मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको हो । ‘शत्रु गते’लाई जात्रा फेम निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ । ‘शत्रु गते’मा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौड्याल, किरण केसी, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल, राजाराम पौड्याल, अन्जु महर्जन राजु भुजु, मोहितवंश आचार्य, रवि शर्मा, नरेन्द्र कंशाकार लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।