मनोरंजन

‘मायाँ’ लिएर आइन् मायाँ

काठमाडौं, भदौ । गीतकार मायाँ मगर सोलो गीती एल्बम ‘मायाँ’ लिएर आएकी छन् । गायिका मेलिना राईको एकल श्वरमा मायाँ ‘मायाँ’ एल्बम लिएर दर्शक तथा स्रोता माझ आएकी हुन् । एल्बमा रहेका ६ वटा गीतको शब्द मायाँ मगरको हो । 
६ वटा गीत रहेका एल्बममा उत्तम जंग लिम्बुले संगीत भरेका छन् । गायक तथा संगीतकार शम्भुजित बास्कोटाले उक्त एल्बमको विमोचन गरेका हुन् । गायक तथा संगितकार उत्तम जंग लिम्बु गायन रियालिटी सो खोजी प्रतिभाको फस्ट रनरअप हुन् ।  बिमोचन समारोहमा ‘नाँचु नाँचु लाग्यो...’ बोलको गीतको भिडियो समेत सार्वजनिक गरिएको छ ।