काठमाडौं– आज श्रावण शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमा पर्व मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाइन्छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन पनि रहेको छ ।
काठमाडौं–ब्लडमनिको अभावमा साउदी अरबको जेलमा रहेका सात जना नेपालीलाई जेलमुक्त गर्न उनीहरुका आफन्तले नेपाल सरकारसंग आग्रह गरेकाछन् । उनीहरुले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरु निर्दोष भएको भन्दै नेपाल फर्काउने वातावरण बनाउन नेपाल सरकारसंग आग्रह गरेका हुन् ।
काठमाडौं– बुधबार बसेको व्यवस्थापिका संसदमा गाडी दुर्घटनाको विषय प्रमुख बन्यो । गत सोमबार काभ्रेमा गाडी दुर्घटना हुँदा २८ जनाको ज्यान गएपछि संसदमा यही विषयमाथि बहस चलेको हो । संसदमा सांसदहरुले दिनहुँजसो हुने गाडी दुर्घटनामा यातायात व्यवसायी र सरकारको लापरवाही प्रमुख कारण रहेको बताए ।
झापा– झापाको विर्तामोडस्थित कृषि थोक बजारमा बुधबार विहान विद्युत् सर्ट भइ आगलागी भएको छ । आगालागीबाट करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट १० वटा जुत्ता–चप्पल, कस्मेटिक्स् एवम् लत्ता कपडाका पसल जलेर नस्ट भएको हो ।
काठमाडौं– सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सकारात्मक र समाजलाई अभिप्रेरित गर्ने समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीसँग आग्रह गरेका छन् । नेपाली सञ्चार माध्यम र पत्रकारले नकारात्मक समाचारलाई हाइलाइट गरे अपभ्रम फैलाउने काम गरेको बताएका छन् ।
काठमाडाैं– शक्तिकेन्द्रमा रहनुको फाइदा शक्तिको उपयोग मात्र होइन, दुरूपयोग पनि हो । उहीले गिरिजाप्रसाद कोइरालाले हाँकेको कांग्रेसमा उनको बोली काफी हुन्थ्यो । मुस्किलले सभापति जितेका शेरबहादुरले अहिले आफूलाई गिरिजापथमा डोर्याउन थालेका छन् । उहिले गगन थापालाई नेविसंघको अध्यक्ष हुनबाट रोकेका गिरिजाको दम्भ अहिले देउवाले देखाउन थालेका छन् ।
काठमाडौँ– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावितलाई सहज रूपमा आवास निर्माण रकम उपलब्ध गराउन सोमबारदेखि विशेष अभियान थालेको छ । भूकम्पका कारण घर भत्किएका घरधनीलाई आवास निर्माणका लागि डेढ महिनाभित्रमा पहिलो किस्ताको रकम
काठमाडौं, ३२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डको विशेष दूतका रुपमा चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आजबाट राजनीतिक भेटवार्तालाई तिव्रता दिने भएका छन् । उनले आज चिनियाँ विदेशमन्त्री याङ यीसँग भेटवार्ता गर्दैछन् । भेटवार्तमा दुई पक्षीय हितका विषयमा छलफल हुने जनाइएको छ ।
काठमाडौं– काभ्रेको बिर्ता देउरालीमा सोमबार भएको बस दुर्घटनामा ज्यान गुमाउने मध्ये २६ जनाको सनाखत भएको छ । काठमाडौंबाट काभ्रेको कोशीपारी जाँदै गरेको बा. ३ ख १०६ नम्बरको बस विर्ता देउरालीस्थित खहरे खोलामा खस्दा २६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो ।
काभ्रे– काभ्रेको विर्ता देउराली–९ खहरे खोलामा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । दुर्घटना स्थलमा ३२ वटा शव भेटिएको जनाइएको छ । नेपाली सेना, प्रहरी तथा स्थानीयले घाइतेहरुको उद्धार गरिरहेका छन् । घाइते भएका मध्ये २० जनालाई हेलिकोप्टर तथा १० जनालाई एम्बुलेन्सबाट उपचारका लागि काठमाडौं ल्याइएको छ ।