काठमाडौं– मेडिकल शिक्षाबारेमा पटक पटक अनसन बस्दै आएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा. गोविन्द केसी आफ्ना समर्थकहरुको आन्दोलनमा आफै सडकमा उत्रिएका छन् ।
काठमाडौं– सर्वोच्च अदालतका प्रस्तावित ११ न्यायाधीशको नियुक्ति प्रक्रियाको अन्तिम टुंगो आइतबार लाग्ने भएको छ । संसदीय सुनुवाइ विशेष समितिको आइतबार बिहान हुने बैठकले प्रस्तावित न्यायाधीशका बारे अन्तिम निर्णय गर्नेछ ।
मकवानपुर– मकवानपुरको मनोहरिस्थिति रमनटारमा दुई वटा बस एक आसपमा ठोक्किदा ९ जनाको ज्यान गएको छ । शनिबार राति काठमाडौंबाट काकडभिट्टा जाँदै गरेको ना ५ ख ४०६४ नम्बरको बस र काठमाडौंबाट नै उदयपुरको गाइघाट जाँदै गरेको ५०५५ नम्बरको बस रमनटारमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा ३१ जना घाइते भएका छन् ।
काठमाडौं– नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) ले सप्तरीको तिलाठीमा नेपालीमाथि भारतीय पक्षबाट भएको आक्रमणको विरोधमा प्रदर्शन गरेका छन् । शनिबार काठमाडौंको माइतीघरमा क्रान्तिकारीले भारतीय हस्तक्षेप बन्द गर,
धनकुटा । धनकुटाको सिधुवा बजारनजिक भएको बस दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् । संखुवासभाको मुढेशनिश्चरेवाट धरान जँँदै गरेको बा.२.ख ७३६६ नम्बरको बस दिउँसो करिब १२ बजे धनकुटाको परेवादिन–५ स्थित चर्चघुम्तीमा पल्टिएको हो ।
धनकुटा, साउन । धनकुटाको परेवादिन गाविसको सिधुवा बजारकोमा विहीबार भएकाे बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या ११ पुगेकाे छ ।
काठमाडौं । केही दिनयता परेको अविरल वर्षापछि देशैभर आएको बाढी पहिरोमा परि ३६ जनाभन्दा बढीको मृत्यु भएको छ । २४ जना बढी बेपत्ता छन् । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी केही दिनदेखि परेको अबिरल वर्षाका कारण आएको बाढी, पहिरोका कारण
प्यूठान। अविरल वर्षासँगै प्यूठानमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या बढेको छ । बुधबार विहान प्यूठान फोप्ली ६ सिममा चार घर पहिरोले बगाउँदा थप तीन जनाको मृत्ये भएको छ भने चार जना वेपत्ता भएका छन् ।
काठमाडौं । देशैभरी भइरहेको वर्षा अझै केही दिन जारी रहने जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन सक्रिय बनाउने न्यूनचापीय क्षेत्र नेपाल नजिक भएका कारण बुधबार र बिहीबार पनि देशैभर वर्षा हुने जलवायु तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।
काठमाडौं । केही दिन यता परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बाढी र पहिरोमा परी दर्जन बढीको ज्यान गएको छ । बाढीले ठाउँठाउँमा पुल बगाउदा आवागमनमा समस्या परको छ । त्यस्तै, गाउँका वस्ती वस्तीमा बाढी पसेपछि कोही विस्थापित भएका छन् भने केहीका उद्धार जारी रहेको छ ।