काठमाडौँ– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावितलाई सहज रूपमा आवास निर्माण रकम उपलब्ध गराउन सोमबारदेखि विशेष अभियान थालेको छ । भूकम्पका कारण घर भत्किएका घरधनीलाई आवास निर्माणका लागि डेढ महिनाभित्रमा पहिलो किस्ताको रकम उपलब्ध गराइसक्ने सरकारको घोषणा र प्राधिकरणको कार्ययोजना पूरा गर्न विशेष अभियान थालिएको प्राधिकरणले जानकारी दिएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले, अभियान अन्तर्गत सम्झौता सम्पन्न भएका घरधनीका लागि अनुदानको पहिलो किस्ता रकम बैङ्क खातामा पु¥याउने, बाँकी अनुदान सम्झौताको कार्य पूरा गर्ने र गुनासो सम्बोधन गरिने जानकारी दिनुभयो । उहाँले अभियानको क्रममा प्राधिकरणका उपक्षेत्रीय कार्यालयहरूमा रहेका जनशक्तिलाई उक्त अवधिभर जिल्लामा नै बसेर काम गर्ने व्यवस्था गरिने बताउनुभयो ।
Comments