काठमाडौं– सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सकारात्मक र समाजलाई अभिप्रेरित गर्ने समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीसँग आग्रह गरेका छन् । नेपाली सञ्चार माध्यम र पत्रकारले नकारात्मक समाचारलाई हाइलाइट गरे अपभ्रम फैलाउने काम गरेको बताएका छन् ।
नेपाल पत्रकार महासंघले मंगलबार गरेको कार्यक्रममा मन्त्री कार्कीले सञ्चार माध्यममा नकारात्मकता हाबी भएको भन्दै व्यंग्यात्मक शैलीमा भने– ‘सञ्चार माध्यममा झिंगालाई मेसिन गन हान्ने प्रवृत्ति छ, त्यसलाई सच्याउनुपर्छ, बिहान उठेर पत्रिका पढ्दा दिक्क लाग्न थालेको छ ।’ कम्तिमा सातामा एउटा वा महिनामा एउटा मात्र भए पनि समाचार प्रवाह गर्न उनको सुझाव थियो ।
कार्कीले सकारात्मक समाचारलाई भने ‘लिखा जत्रो’ स्थान दिने गरिएको बताए ।
पत्रकार आफ्नो पेसामा कुनै पनि विचार र आस्थाबाट प्रभावित हुन नहुने धारणा राख्दै उनले भने, ‘पत्रकारिता मर्यादित पेसा हो, गम्भीर हुनुपर्छ ।’
Comments