झापा– झापाको विर्तामोडस्थित कृषि थोक बजारमा बुधबार विहान विद्युत् सर्ट भइ आगलागी भएको छ । आगालागीबाट करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट १० वटा जुत्ता–चप्पल, कस्मेटिक्स् एवम् लत्ता कपडाका पसल जलेर नस्ट भएको हो । कृषि थोकबजार भित्र जुत्ता, लत्ता कपडाको पसलसमेत थिए ।
इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी उपरिक्षक खड्गबहादुर खत्रीले दिएको जानकारी अनुसार विहान करिब ४ः३० बजेदेखि शुरु भएको आगो ६ बजे बिर्तामोड, दमक, मेचीनगर र भऽपुर नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिइएको थियो ।
Comments