काठमाडौं– काभ्रेको बिर्ता देउरालीमा सोमबार भएको बस दुर्घटनामा ज्यान गुमाउने मध्ये २६ जनाको सनाखत भएको छ । काठमाडौंबाट काभ्रेको कोशीपारी जाँदै गरेको बा. ३ ख १०६ नम्बरको बस विर्ता देउरालीस्थित खहरे खोलामा खस्दा २६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो । दुर्घटनामा अन्य ४० भन्दा बढी घाइते भएका छन् ।
बसमा क्षमता भन्दा बढी लोड भएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार मृतकमध्ये २६ जनाको सनाखत भएको छ ।
मृतकको नामावली
1. दिपक गौतम, बर्ष ४५, कात्तिके देउराली ७
2. गोविन्द गौतम, बर्ष ६५, कात्तिके देउरली ७
3. सुनिल बर्देवा, बर्ष ३५, कात्तिके देउराली ७
4. निलकण्ठ गौतम, बर्ष ६५, मादनकुँडारी ५
5. विनोद गौतम, बर्ष ४८, मादनकुँडारी ५
6. एलिसा तामाङ, बर्ष ८, मादनकुँडारी १
7. विष्णुप्रसाद बाँस्कोटा, कात्तिके देउराली ३
8. उमेश बाँस्कोटा, कात्तिके देउराली ४
9. पञ्जा तामाङ, मादनकुँडारी १
10. रेशम विक, बर्ष २१, गोठपानी गाविस
11. छविलाल चौलागाई, मादनकुँडारी ५
12. सिता गिरी, नाम ठेगाना नखुलेका
13. कुनामाया परियार, वर्ष ३५, कात्तिके देउराली ७
14. सिता परियार, वर्ष २५, कात्तिके देउराली ७
15. इन्द्रकुमारी लामा, ठेगाना खुलेन
16. सानुमाया तामाङ, वर्ष २५, मादन कुँडारी १
17. माईली तामाङ, मादनकुँडारी ३
18. कृष्ण दमै परियार, ठेगाना खुलेन
19. लिलानाथ गौतम, ठेगाना खुलेन
20. सुष्मा लामा मगर, वर्ष ३०, मादनकुँडारी
21. सिता बर्देवा, कात्तिके देउराली
22. ठुलिकान्छी सुनुवार, ठेगाना खुलेन
23. विष्णु सापकोटा, ठेगाना खुलेन
24. इन्द्रकुमारी तामाङ, ठेगाना खुलेन
25. औलात सिं, मादन कुँडारी
26. जुनकिरी गौतम, रामेछाप जिल्ला लखनपुर–१
यसैबीच गृहमन्त्री विमलेन्द्र निधिले साँझ ट्रमा सेन्टर पुगेर घाइतेहरू स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ । उनीहरुको उपचारमा सरकारकातर्फबाट कुनै कसर बाँकी नराख्ने बताउनुभयो । घाइतेको सम्पूर्ण उपचारखर्चसमेत सरकारले नै बहोर्ने गृह मन्त्रालका प्रवक्त यादव कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
काभ्रेमा भएको भयानक दुर्घटनासँगै गृहमन्त्रालयले लामो रुटको यातायात सेवामा सिट क्षमताभन्दा बढी यात्रुहरू राख्न नदिने कार्यलाई कडाइका साथ कार्यान्वयन गर्न स्थानीय प्रशासन र प्रहरीलाई निर्देशनसमेत दिएको छ ।
Comments