काठमाडौं- प्रचण्ड प्रधानमन्त्री भएसँगै उनको परिवारको अवैध बिहेले वैधानिकता पाएको छ । प्रचण्ड पूत्र प्रकाशकी तेस्री श्रीमतीका रुपमा बिना मगरलाई बालुवाटारमा भित्र्याइएको छ । बिनालाई बालुवाटार भित्र्याइएसँगै नेकपा(माओवादी केन्द्र)मा छोरा बुहारीको आतंक सुरु भएको छ ।
चितवन- चितवनको दाह्रेचोक–७ चुङखोलामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा थप दुई जना घाइते भएका छन् । काठमाडौंबाट मुग्लिनका लागि छुटेको ना ३ ख ९९०६ नम्बरको ट्रक दुर्घटना हुँदा ज्यान गुमाएका दुई जनाको परिचय नखुलेको प्रहरीले जनाएको छ ।
काठमाडौं, २१ भदौ । बजारमा डलर अभाव भएपछि नेपाल राष्ट्र बैंकले सिंगापुरबाट एक करोड डलर ल्याउने तयारी गरेको छ । निजी बैंकले विदेशबाट डलर ल्याउँदा विनिमय दर फरक पर्ने भन्दै राष्ट्र बैंकले आफैं डलर ल्याउने तयारी हो ।
काठमाडौं– वैदिक सनातन हिन्दू नारीहरुले भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व आज सप्तर्षिको पूजा गरी मनाउँदैछन् । यस दिन बिहानै उठेर नारीहरु नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन् ।
काठमाडौं– कुख्यात सिरियल किलर भारतीय नागरिक मोहम्मद मस्तकिम भनिने रइस मियालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीका चार र सुनसरीका तीन जनाको हत्याका आरोपी समेत रहेका उनलाई वैदेशिक रोजगारीका लागि जाने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । उनलाई सोमाबार सप्तरीमा सार्वजनिक गरिएको हो ।
काठमाडौं– सर्वोच्च अदालतले राजदूत सिफारिसको निर्णय फिर्ता लिने गरी सरकारले चालेको कदमको पक्षमा निर्णय दिएको छ। सर्वोच्चको यो निर्णयसँगै नयाँ राजदूत सिफारिस प्रक्रिया अघि बढाउन सरकारलाई सहज भएको छ ।
बैतडी– केही वर्ष यता बैतडीमा एउटा चितुवाले आतंक नै मच्चाएपछि अन्ततः उक्त चितुवालाई मार्ने निर्णय गरिएको छ । गत शनिबार मात्रै बैतडीको उदयदेव २ कफाडीका हीरा चन्दकी ४ वर्षीया छोरी अञ्जली चन्दलाई चितुवाको आक्रमणबाट ज्यान गएपछि उक्त चितुवालाई मार्ने निर्णय गरिएको हो ।
काठमाडौं– दसैं र तिहारलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले असोज १६ गते देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थालई असोज ९ देखि १४ सम्म नयाँ नोट वितरण गरिने राष्ट्रबैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जनाएका छन् ।
काठमाडौं– बजार अनुगमनको क्रममा बरामद गरिएको करिब तीन करोड रुपैयाँ बराबरका अखाद्य सामान नष्ट गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा उक्त अखाद्य वस्तु आइतबार नष्ट गरिएको हो।
बैतडी– चितुवाको आक्रमणमा परी शनिबार साँझदेखि बेपत्ता भएकी बालिकाको शव विछिप्त अवस्थामा फेला परेको छ । बैतडीको उदयदेव–२ कफाडीका हिरा चन्दकी चार वर्षीय छोरी अञ्जलीलाई घरको आँगनबाट चितुवाले शनिबार आक्रमण गरी लगेको थियो ।