धरान– बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानकी एक महिला सुरक्षा गार्डले कलाकार सन्तोष पन्तलाई आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। शुक्रबार मध्यरातमा केटिएम सेक्युरिटिका अध्यक्ष रामेश्वर साहसँग आएका पन्तले दुर्व्यवहार गरेको भन्दै उनले शनिबार इलाका प्रहरी कार्यालय धरानमा लिखित उजुरी दिएकी छन्।
काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादव उपचारका लागि आइतबार अमेरिका जाने भएका छन् । पूर्वराष्ट्रपतिको सचिवालयले शनिबार विज्ञप्ति जारी गरी चिकित्सकले प्रोस्टेट ट्युमर (क्यान्सर) लाई जतिसक्दो चाँडो सुरक्षित रूपमा हटाउनुपर्ने बताएकाले नेपाल मेडिकल काउन्सिलको रायअनुसार यादव अमेरिका प्रस्थान गर्न लागेका हुन् ।
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने राजकीय भ्रमणको क्रममा छिमकी राष्ट्र भारतमा छन् । प्रधानमन्त्री दाहालसंगै नेपालकी प्रथम महिला एंव प्रधानमन्त्री दाहाल पत्नी सीता दाहाल पनिसँगै भ्रमणमा छन् । तर, सीताको उपस्थितिले मुलुकलाई नै गिज्याइरहेको अवस्था देखिएको छ र उनीबाट बेइज्जत हुने अवस्था समेत सिर्जना भएको छ ।
काठमाडौं– सर्वोच्च अदालतले सरकारलाई ७ दिनभित्र लोकमान नियुक्तिको फाइल नदिए कारबाही गर्ने चेतावनी दिएको छ । सर्वोच्च अदाललते लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्दाको सक्कल फाइल फेला नपरेको भनेर सरकारले दिएको जवाफलाई गैरजिम्मेवारपूर्ण भनेको छ ।
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। भारतीय प्रधानमन्त्रीको कार्यालय हैदराबाद हाउसमा भएको भेटवार्तामा उनीहरुबीच दुर्इ देशबीचको आपसी सहयोग आदान प्रदान, सम्बन्ध सुधार लगायतका विषयमा छलफल भएको वताइएको छ।
काठमाडौ, भदौ– चार दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक भेटघाटलाई तीव्रता दिनुभएको छ । विहीबार भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले आज विहानैबाट रातिसम्म भेटवार्तालाई गर्नुहुनेछ ।
काठमाडौं– गायक तथा एरेन्जर सुनील बर्देवाको मंगलबार राति निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनले विक्रम संवत् २०५० को दशकमा गाएका गीतहरु अझै पनि लोकप्रिय छन् । ‘गोरेटो अनि उस्तै छ गल्ली उनको सदाबहार गीत मध्ये एक हो ।
काठमाडौ- बेलायती सहयोग नियोग डिएफआइडीको आइडियाज टु इम्प्याक्ट नामक विश्वब्यापी संस्थाको सहयोगमा नेपालमा जलवायु परिवर्तन अनुकुलनको क्षेत्रमा काम गर्ने उत्कृष्ट संस्थाहरुले करिब २ करोड राशीको पुरस्कार पाउने भएका छन् ।
काठमाण्डौ- भ्रष्टाचार गर्ने प्रहरीमाथि कारवाही नभएको गुनासो आईरहेको समयमा महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी प्रमुख,वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपि) विक्रम सिंह थापाले कुनैपनि प्रहरीले भ्रष्टाचार गरेको पाइएमा उसलाई दोहोरो कारवाही गरिने प्रष्ट पारेका छन् ।
काठमाडौं– मुस्लिम धर्मावलम्वीले दास्रो ठूलो पर्व बकर ईद नेपालमा पनि धुमधामका साथ मनाइँदैछन् । नेपालमा रहेमा मुस्लिम धर्मावलम्वीले सामुहिक नमाज पढेर एक अर्कालाई इद मुवारक भन्दै शुभकामना आदनप्रदान गर्नुका साथै चौपायालाई कुर्वानी अर्थात बलि दिएर ईद मनाउँदैछन् ।