काठमाडौं– दसैं र तिहारलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले असोज १६ गते देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थालई असोज ९ देखि १४ सम्म नयाँ नोट वितरण गरिने राष्ट्रबैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जनाएका छन् । ती बैंक तथा वित्तीय संस्थाले पनि १६ गतेबाटै सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने छन् ।
राष्ट्र बैंकले काठमाडौं उपत्यकामा थापाथलीस्थित केन्द्रय कार्यालय र उपत्यका बाहिर आफ्ना क्षेत्रीय कार्यालयमार्फत असोज २१ गते सम्म नोट वितरण गर्ने छ । राष्ट्र बैंकले यसपटक प्रतिव्यक्ति ३७ हजार रुपैयाँसम्म सर्वसाधारणलाइ नयाँ नोट सटही सुविधा दिएको छ ।
गत वर्षका भन्दा यो धेरै हो । अघिल्लो वर्ष प्रतिव्यक्ति २२ हजारसम्म यो सुविधा पाएका थिए । यसपालीको दसैंमा सर्वसाधारणले ५, १०, २०,५०,१०० का गरी दुई दुई प्याकेटा दरले सटही पाउने छन् ।
२० भदाै, २०७३ ।
Comments