समाचार

चितुवाले लगेको बालिकाको शव विछिप्त अवस्थामा फेला

बैतडी– चितुवाको आक्रमणमा परी शनिबार साँझदेखि बेपत्ता भएकी बालिकाको शव विछिप्त अवस्थामा फेला परेको छ । बैतडीको उदयदेव–२ कफाडीका हिरा चन्दकी चार वर्षीय छोरी अञ्जलीलाई घरको आँगनबाट चितुवाले शनिबार आक्रमण गरी लगेको थियो ।

उक्त बालिकाको शव आइतबार घरदेखि करिब आठ सय मिटर को दूरीमा रहेको रत्याल खोलामा टाउको र शरीर अलग भएको अवस्थामा फेला परेको हो ।  चितुवाले आक्रमण गरेलगत्तै स्थानीयवासी र प्रहरीको टोलीले बालिकाको खोजी गरेको थियो ।