समाचार

सिंगापुरबाट डलर ल्याउने तयारी

काठमाडौं, २१ भदौ । बजारमा डलर अभाव भएपछि  नेपाल राष्ट्र बैंकले सिंगापुरबाट एक करोड डलर ल्याउने तयारी गरेको छ ।  निजी बैंकले विदेशबाट डलर ल्याउँदा विनिमय दर फरक पर्ने भन्दै राष्ट्र बैंकले आफैं डलर ल्याउने तयारी हो । 
विभिन्न वाणिज्य बैंकले दसैंसम्म डलर ल्याउने तयारी गरिरहेको भए पनि विनिमय दरमा फरक पर्ने कारण देखाउँदै राष्ट्र बैंक सिंगापुरबाट डलर ल्याउनका लागि अघि सरेको हो । यसका लागि एक सातादेखि गृहकार्य भइरहेको छ । बजार व्यवस्थित गर्न फरक विनिमय दर हुन नदिन र बजारमा एक रूपता ल्याउन राष्ट्र बैंक आफैंले सिंगापुरको सीआइएमबी बैंकमा रहेको मौज्दातमध्ये एक करोड डलर कार्गो गरेर ल्याउन् प्रक्रिया थालेको बुझिएको छ । 

२१ भदाै, २०७३ ।