काठमाडौं– कुख्यात सिरियल किलर भारतीय नागरिक मोहम्मद मस्तकिम भनिने रइस मियालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीका चार र सुनसरीका तीन जनाको हत्याका आरोपी समेत रहेका उनलाई वैदेशिक रोजगारीका लागि जाने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । उनलाई सोमाबार सप्तरीमा सार्वजनिक गरिएको हो ।
बिहार राज्यको मधुवनी जिल्ला अन्तरगत लौकहा बगमरिया घर भएका उनी सप्तरीको सारस्वर गाविसमा लुकेर बस्दै आएका थिए । विमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएका रइसलाई सप्तरी ल्याएर सोमबार सार्वजनिक गरिए सप्तरीका प्रहरी प्रमुख एसपी भिमप्रसाद ढकालले जानकारी दिए ।
रइस सहितको समूहले सप्तरीमा २०६९ सालमा सहबुद मिया र उनकी बुहारी सगिरा खातुन, ०७० सालमा जण्डौल–६ की दुलारी देवी साह र त्रिकोल गाविस–५ की निर्मलादेवी साहको हत्या गरेको आरोप छ । त्यस्तै, रइस सुनसरी सदरमुकाम इनरुवामा एकै परिवारका तीनजनाको हत्या भएको घटनामा समेत संलग्न रहेको एसपी ढकालले बताए । लामो समयदेखि फरार रहेका रइससँग नेपाली र भारती दुई वटा नागरिकता रहेको प्रहरीले जनाएको छ ।
२० भदौ, २०७३ ।
Comments