काठमाडौं, २२ साउन । व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले रौतहटको गरुडामा चार बालिकाको खाल्डामा डुबेर मृत्यु भएको घटनाबारे नेपाल सरकारको विशेष ध्यानाकर्षण गराउनुभएको छ । उहाँले व्यवस्थापिका–संसद्को अर्को बैठकमा सोबारे जवाफ दिन सरकारलाई निर्देशन दिनुभयो ।
बाजुरा, २२ साउन । भीमदत्तनगर -बाजुराको बडिमालिका तीर्थयात्रा जाने क्रममा शनिबार राति अछामको मेल्लेख गाउँपालिका– ५ का वडाध्यक्ष रामबहादुर बोहराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कर्णबहादुर बमका अनुसार वडाध्यक्ष बोहराको
काठमाडौं, २२ साउन । गुल्मीको मालिका गाउँ पालिका वडानंबर ८ मर्भुङ घर भै ललितपुरको कुमारी पाटी बस्ने १५ वर्षीय सन्देश थापा बेपत्ता भएका छन । साउन १९ गते दिदीसँग सामान्य झगडा भएपछि कोठाबाट निस्केका सन्देश अहिलेसम्म सम्पर्कमा आएका छैनन ।
काठमाडौं, २२ साउन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी साउन २६ गतेदेखि दुई चरणमा सम्पन्न हुनेगरी गुनासो फस्र्यौटमार्फत् छुट सर्वेक्षण तथा पुनः जाँच सर्वेक्षणको काम सुरु गर्ने भएको छ । प्राधिकरणले आगामी २६ गतेबाट पहिलो चरण अन्तरगत भूकम्प अतिप्रभावित ८ जिल्लामा छुट सर्वेक्षण तथा पुनः जाँच सर्वेक्षणको काम सुरु गर्ने भएको हो ।
चितवन,२१ साउन । भरतपुर महानगरपालिकाको मेयर पदमा कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहाल जित नजिक पुगेकी छन् । ५ सय १ मत गणना हुन बांकी रहदां दाहालले १ सय ५६ मतको अग्रता लिएकी छन् । बडा नम्वर २० को २८ सय १ मत गणना भैसकेको छ ।
काठमाडौँ, २१ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग (बिम्स्टेक)को १५औँ मन्त्रीस्तरीय बैठक यही साउन २६ र २७ गते काठमाडौँमा हुने भएको छ। बैठकको तयारी अन्तिम चरणमा पुगेको र सबै सदस्य मुलुकका विदेश मन्त्रीले त्यसमा भाग
चितवन, २१ साउन । भरतपुर महानगरपालिका वडा नं १९ को दोस्रो पटक भएको चुनावको मतगणना जारी रहेको छ । शुक्रबार फेरि मतदान भएपछि राति साढे ११ बजेदेखि मतगणना सुरु भएको हो । सर्वदलीय बैठकको निर्णय अनुसार चारवटा टोली बनाएर मतगणना भइरहेको छ ।
काठमाडौं, २१ साउन । काठमाडौंको बानेश्वरमा आज बिहान एक जना मृत अवस्थामा भेटिएका छन् । बानेश्वरबाट बबरमहल जाने सडक किनारामा अन्दाजी ३० देखि ३५ वर्ष उमेरका एक व्यक्तिको शव फेला परेको हो । फ्रेडसिप युवा समुहको टि–सर्ट लगाएका
डोटी, २१ साउन । डोटीको गगुडाको धार भन्ने स्थानमा गएराति जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी सात जना घाइते भएका छन । दिपायलबाट चमरचौतारा जाँदै गरेको से १ ज ४९१ नम्बरको जीप राति करिव ११ बजे दुर्घटना भएको हो ।
काठमाडौं, २१ साउन । अबिरल बर्षाले नेपालगञ्जको नगर क्षेत्र डुवानमा परेको छ । पानीको निकासको ब्यबस्था र नेपालगञ्ज नगरपालीकाले बेलैमा सजकता अपनाउन नसक्दा नेपालगञ्जको नगर क्षेत्र डुवानमा परेको हो । रातभर परेको बर्षा पछी नेपालगञ्जको