समाचार

अविरल वर्षाले नेपालगञ्जको नगर क्षेत्र डुबानमा

काठमाडौं, २१ साउन । अबिरल बर्षाले नेपालगञ्जको नगर क्षेत्र डुवानमा परेको छ । पानीको निकासको ब्यबस्था र नेपालगञ्ज नगरपालीकाले बेलैमा सजकता अपनाउन नसक्दा नेपालगञ्जको नगर क्षेत्र डुवानमा परेको हो । रातभर परेको बर्षा पछी नेपालगञ्जको धम्बोजी, सेतुबिक चोक, गणेशपुर, बाँकेगाँउ, घरबारीटोल, त्रिबेणीमोड, फुलटेग्रा लगाएतका स्थानहरु डुवानमा परेका छन । नगरका अधिकांस घरहरुमा पानी पसेको छ । नगरक्षेत्रमा पानीको निकासका लागी नेपालगञ्ज नगरपालीकाले  ब्यबस्था गर्न नसक्दा थोरै बर्षामा पनी डुवान भएको नेपालगञ्जबासीहरुले बताएका छन । नेपालगञ्जमा ढल निकासको काम तिब्र रुपमा भैरहेपनी निकासका लागी बेलैमा काम सम्पन्न गर्न नसक्दा अधिकांस भुभागहरु जलमग्न बनेका छन । त्यस्तै बाँकेको राप्ति नदिमा पनि पानीको सतह बढदै गएको छ भने अत्याधिक पानीका कारण नेपालगन्ज गुलेरीया सडक अबरुद्ध भएको छ । खजुरास्थित पेडारी नालामा आएको बाढीले सडक नाघेपछी सडक अबरुद्ध भएको हो ।