समाचार

दिदीसँगको झगडापछि घर छाडेका १५ वर्षीय वालक अझै फर्केनन्

काठमाडौं, २२ साउन । गुल्मीको मालिका गाउँ पालिका वडानंबर ८ मर्भुङ घर भै ललितपुरको कुमारी पाटी बस्ने १५ वर्षीय सन्देश थापा बेपत्ता भएका छन । साउन १९ गते दिदीसँग सामान्य झगडा भएपछि कोठाबाट निस्केका सन्देश अहिलेसम्म सम्पर्कमा आएका छैनन ।
कोही आफन्तकोमा पनि सन्देश नगएको दिदी सावित्रा थापाले बताए ।  सन्देश क्यारेबियन स्कूल महालक्ष्मीस्थान ललितपुरमा कक्षा नौ कक्षामा पढ्थे । सन्देश घर नफर्केपछि परिवारले सातदाबाटो प्रहरीमा खोजी गरिदिन आग्रह गर्दै निवेदन समेत दिएको छ ।
सन्देशलाई कोही कसैले कतै देखे वा फेला पारेमा  नजिकको प्रहरी चौकी वा फोन ९८४७३११५३१,९८४७१०६६३७ र ९८४१५७२२१६ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।