खेलकुद

नेपालका लागि अग्निपरीक्षा

काठमाडौं । बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज मेरिलिबोन क्रिकेट क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ । क्रिकेटको घर मानिने बेलायतको लर्डस् क्रिकेट मैदानमा नेपाले आज दिउँनसो मेरिलिबोनको सामना गर्नेछ ।

सन् १७७८ मा स्थापना भएको एमसीसी विश्वकै पुरानो क्रिकेट क्लब हो । नेपाल र बेलायतबीच कुटनीतिक सम्बन्ध स्थापित भएको दुई सय वर्ष पुगेको अवसरका नेपाली क्रिकेट टोली र एमसीसीबीचको खेल आयोजना भएको हो । यो खेल एक उत्सवका रूपमा रहने एमसीसी क्लबका प्रमुख जोन स्टेपहेन्सनले बताए ।

आज हुने खेल हेर्न १० हजार नेपाली लर्डस्मा आउने आयोजकको दाबी छ । बेलायत भ्रमणका क्रममा नेपालले यसअघि  खेलेका चारवटै खेलमा जित हात पारेको छ । एमसीसीविरुद्ध आज हुने खेलका लागि नेपाली टोली प्राविधिक र मानसिक रूपमा तयार रहेको प्रशिक्षक जगत टमाटाले बताए ।